News

चितवन,२८ वैशाख । माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ केरुङ्ग खोलामा बनेकोे पुलको उद्घाटन गरिएको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । प्रदेश सरकारको रु ७ करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाई र फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा रहेको छ । वि.सं. २०७९ साल चैत १९ गते सम्झौता भई निर्माण सुरु भएको पुल म्याद सकिन भन्दा ६ महिना अगाडि निर्माण सम्पन्न छ । कार्यक्रममा बोल्दै पूर्वाधार मन्त्री दुलालले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी विकास निर्माणमा प्रदेश सरकार लागि परेको बताउनुभयो । जनतालाई विकास दिन प्रदेश सरकार तत्पर रहेको उहाँको भनाई छ । बजेट अभावका कारण प्रदेश सरकारले जनताको अपेक्षाअनुसार योजनाहरु बढाउन नसकेकोे उल्लेख गर्नुभयो । पुलले भरतपुर २३ र २४ नम्बरलाई जोडेको छ । कार्यक्रममा पुल निर्माण गर्ने निर्माण कम्पनी केबिसी बिल्डर्स कम्पनी लिमिटेडका प्रमुख कुमार आचार्यलाई सम्मान गरिएको छ । पुल निर्माणको निर्धारित मितिभन्दा अगाडि निर्माण सम्पन्न गरेको भन्दै सम्मान गरिएको हो । निर्माण कम्पनीले समयमै निर्माण कार्य पुरा नगर्ने समस्या रहेका समयमा ६ महिना अघि निर्माण सम्पन्न गरी उदाहरणीय काम गरेको छ । कम्पनीले भरतपुरमा रहेका आयोजनाहरुको भौतिक प्रगति छिटो गरेको पाइन्छ ।

चितवन, वैशाख २५ ।

चितवन राष्ट्रिय निकुञ्जमा आज ( मंगलबार ) बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो । अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघको मृत्युको कारण खुल्न सकेको छैन । यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायीक वन क्षेत्रमा एक भाले गैंडा मृत फेला परेको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीको भनाइ छ ।

नारायणगढ, १९ बैशाख
अन्तराष्ट्रिय श्रमिक दिवस आज बिबिध कार्यक्रम गरी संसारभर मनाईएको छ । नेपालमा पनि श्रमिक दिवसमा दशैभरी बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । नेपाल ट्रेड युनियन काँग्रेस चितवनले१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज नारायणगढमा बृहत ¥याली एवं श्रमिक सभा सम्पन्न गरेको छ ।कार्यक्रममा नेपली काँग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेले सभालाई सम्बोधन गर्दे बदलिदो परिवेशमा पनि ट्रेड युनियनले आफ्नो आवश्यकता र औचित्य पुष्टि गर्न सक्नुपर्ने बताएका थिए । कार्यक्रममा पाण्डले ट्रेड युनियन आन्दोलन लोकतान्त्रिक आन्दोलनको पुरुक आन्दोलन भएको भन्दै बिकासका लागि ट्रेड युनियन आन्दोलन लाई प्रोत्साहन गनुपर्ने बताए । उनले ‘ट्रेड युनियन र पाटीको सम्बन्ध प्रारम्भ देखि नै सुमधुर भएको र ट्रेड युनियन आन्दोलनलाई पाटीले फरक मोर्चाको आफ्नो आन्दोलनको रुपमा लिएको बताए ’। बिपि कोईरालाले नेपाली काँग्रेसको बिधान निमार्ण गर्दा होस वा आफु प्रधानमन्त्रि भएको समयमा भित्तामा किसानको तस्वीर राख्ने निर्णय श्रमप्रतिको सम्मान भएको उनको तर्क थियो । बि।स। २००३ सालमा गिरिजाप्रसाद कोईरालाले बिराटनगर जुट मिलको आन्दोलनको शरुवात पनि श्रमजिबीको पक्षको बृहत्त एक्यवद्धता भएको अनुरोध गरे । बि।स। २०१६ सरकारले कारखान मजदुर ऐन होस या २०४८÷२०४९ सालमा ल्याएको श्रम ऐन÷ नियमावली ल्याएको कुरा सबैले बुझ्न आग्रह गरेका थिए । आजको सामाजिक सुरक्षा ऐन नेपाली काँग्रेसको सरकारको देन भएको बताए । श्रमीकका कुरालाई नेपाली काँग्ैसले सधैभरी प्रमुखता दिएका स्मरण गर्दै श्रमजिबीहरुका पक्षमा थप कार्यका लागि २०८४ को निर्वाचनमा बहुमत ल्याउने गरी कार्य गर्न समेत अनुरोध गरेका थिए । ट्रेड युनियन आन्दोलन लोकतन्त्रमा मात्र सम्भब छ भन्दै ट्रेड युनियन आन्दोलनलाई दवाएर लोकतान्त्रिक बन्न नसकिने बताए । हाल केहि अतिवादीहरुले ट्रेड युनियन आन्दोलनलाई बन्द गरेर लोकतन्त्रलाई बलियो बनाउने गफ गर्दै हिढ्न थालेको श्रमजिबीहरु चनाखो बन्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ्ग, जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीत नारायण श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष गणेश के।शी, केन्द्रिय सदस्यहरु धनश्याम चापागाई, सीता शर्मा पौडेल, पुर्व केन्द्रिय सदस्य लइमण भट्टराई लगायतले सबै श्रमजिबी र श्रमको सम्मान गर्न पर्ने कुरामा जोड दिएका थिए । क्याम्पाचौर नारायणबाट शुरु भएको ¥याली नारायणगढका बिभिन्न स्थान परिक्रम गर्दै उद्योग बाणिज्य संघ नारायणगढ पुगेको थियो । ¥यालीमा नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । ¥यालीपछी सभाको सभापतित्व नेपाल ट्रेड युनियन काँग्रेस चितवनका सभापति हरिहर सापकोटाले गरेका थिए ।

Subcategories