News

चितवन जेठ १ ।
सरकारले नारायणी नदीमा जल यातायात सुरू गर्ने घोषणा गरेको छ । मंगलबार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो । उहांले सुनकोशी तथा नारायणी नदीमा टर्मिनल सहितको जल यातायात सञ्चालन गर्ने घोषणा गर्नुभयो । उहांले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गर्नुभयो । सर्वसुभल र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने पनि राष्ट्रपति पौडेलले घोषणा गर्नुभयो ।

चितवन जेठ १ । सविना लामिछाने ।

भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण लागि आह्वान गरिएको बोलपत्र आह्वान रद्द भएको छ। भरतपुर महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै २०८० फागुन १७ गते आव्हान गरिएको बोलपत्र २०८१ को बैशाख ३१ गतेको निर्णय अनुसार रद्द भएको जानकारी दिएको हो। भरतपुर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र देव भारतीले सार्वजनिक खरिद अनुमगन कार्यालयले ठेक्का प्रक्रिया नियम संगत नभएको उल्लेख गरे संगै ठेक्का रद्द भएको जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले एउटा मात्रै कम्पनीको टेण्डर परेको र अन्य ठेक्का प्रक्रिया नियम संगत नभएकाले टेण्डर रद्द गरिएको जानकारी दिनुभयो । महानगरका अनुसार भोलि ( बुधबार ) नै नयाँ ठेक्का आह्वान हुनेछ । भरतपुर महानगरले पहिलो चरणको निर्माणका लागि १ अर्बभन्दा बढीको ठेक्का आह्वान गरेको थियो। भरतपुर–१५ मा अलपत्र अवस्थामा रहेको रंगशालालाई पहिलो चरणमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने गरि ठेक्का आव्हान भएको थियो। गत कात्तिकमा बागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निमार्ण सम्झौता गरेका थिए। गत कात्तिकमा यो रंगशालालाई संघीय सरकारले पनि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो । विसं २०७५ सालमा २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बनाउन थालेको धुर्मुस सुन्तली फाउन्डेसनले १८ करोड बढी ऋण लागेपछि रंगशालाबाट हात झिकेको थियो ।

 

चितवन जेठ १ । सविना लामिछाने । भरतपुर अस्पतालमा नवनिर्मित रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको छ । केन्द्रको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर अस्पताल आउने विरामीलाई रगत पाउन झन्झटिलो प्रकृया अब भने अन्त्य भएर जाने विश्वास गर्नुभयो । अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गर्ने जमर्को गरेकोमा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा स्तरोन्ती गर्ने, सेवा विस्तार गर्ने योजना बनाउन जोड पनि दिनुभयो । भरतपुर मेडिकल सिटी भएकाले छिमेकी जिल्लालगायत भारतबाट पनि विरामी आउने भएकाले रगतको धेरै माग रहेकाले यो केन्द्रले रक्तसञ्चारको कामलाई थप व्यवस्थित गर्दै लैजाने उहाँले उल्लेख गर्नुभयो । अहिले भरतपुर अस्पतालमा भइरेको पूर्वाधार विकास आशा लाग्दो ढङ्गबाट अगाडि बढिरहेको पनि उहाँको भनाई थियो । कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिरारी, नेपाल रेडक्रस सोसाईटी चितवनका अध्यक्ष हरि पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रक्तसञ्चार केन्द्र सञ्चालनमा आएसँगै भरतपुर अस्पताल उपचार गर्न आउने विरामीले सहजै रगत पाउने विश्वास गरिएको छ । अहिले २०० पोका भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको केन्द्र अस्पतालको बी ब्लकमा रहेको छ ।

Subcategories