माघ ४, चितवन ।
माघे संक्रान्ति मेलाको फोहोर व्यवस्थापन गर्न बिहान सरसफाइ गरिएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली सेना, क्षेत्र विकास समितिका सदस्य तथा कर्मचारी भएर सरसफाइ गरिएको जानकारी दिए । उनको अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म देवघाटको खोला किनार, स्नान क्षेत्र, नदीको बगर, बाटो, प्रवेश गेट, पुल क्षेत्र, तनहुँको बेनी क्षेत्रमा सरसफाइ गरिएको छ । त्यस्तै संकलन गरेर जम्मा पारिएको सबै फोहोर उठाउन भरतपुर महानगरपालिकाले ट्याक्टर पठाएको थियो ।