News


चैत १, काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी पुस्ताका लागि विशेष गरी डिजाइन गरिएको हो, जसले भरपर्दो प्रदर्शन र उत्कृष्ट कनेक्टिभिटी चाहन्छन् ।

मोबाईल सावर्जनिक कार्यक्रममा बोल्दै टेक्नो मोबाईलका सिइओ अर्जित तालापत्रले नेपालका युवा उपभोक्तालाई उनिहरुको दैनिक गतिसँग मेल खाने प्रकारको स्मार्ट फोन चाहिने भएकाले नेपाली बजारमा यसलाई उपलब्ध गराइएको बताए ।

स्र्पाक गो ३ मार्फत हामी बलियोपन, बुद्धिमत्ता र भरोसायोग्य कनेक्टिभिटी भएको फोन ल्याएका छौँ । जसको डिजाइन पनि जीवनशैलीसँग मेल खान्छ,‘ अर्जितले भने । ‘अत्ति नै बलियो’ हाम्रो दर्शनअनुसार पहिलो दिनदेखि नै स्थायित्व र आत्मविश्वास दिन तयार गरिएको छ ।’

स्र्पाक गो ३ दैनिक प्रयोगका चुनौतीहरू सहज रूपमा सामना गर्न सक्षम छ । यसमा आइपी ६४ धुलो र पानीका छिटाबाट सुरक्षा तथा ड्रप–रेडी टिकाउ डिजाइन समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई विद्यालय, कार्यस्थल, डेलिभरी मार्ग वा व्यस्त शहरका सडकहरूमा प्रयोग गर्दा भरोसा दिन्छ ।

यस फोनमा १२० एचजेड सुपर स्मुथ डिस्प्ले रहेको छ । जसले स्क्रोलिङलाई सहज, टचलाई छरितो र दृश्य अनुभवलाई प्रिमियम बनाउँछ । साथै, टेक्नो एआई भ्वाइस असिस्टेन्ट र नो नेटवर्क कम्युनिकेशन २।० सुविधाले नेटवर्क कमजोर वा नभएको स्थानमा पनि सञ्चार सम्भव बनाउँछ ।

स्र्पाक गो ३ नेपालभरका प्रमुख रिटेल स्टोरहरूमा मार्च १३ देखि उपलब्ध हुनेछ । यसको मूल्य ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि १५,९९९ रुपैयाँ र ४ जीबी प्लस १२८ जीब भेरियन्टका लागि १६,९९९ रुपैयाँ तोकिएको छ । यो फोन गाढा खरानी, गाढा कालो, आकाशी निलो र बैजनी गरी चार रंगमा उपलब्ध हुनेछ ।

स्पार्क गो ३ केवल स्मार्टफोन होइन, यो दैनिक जीवनका आवश्यकताका लागि तयार गरिएको शक्तिशाली र भरोसायोग्य उपकरण हो, जसले प्रयोगकर्ताको जीवनलाई अझ सहज र आत्मविश्वासी बनाउँछ ।

चैत १, चितवन । सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ । बा.प्र.०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकका अनुसार दुर्घटनामा परी निधन हुने सात जना भारतीय नागरिक छन्  । भारतका करिब ५८ वर्षीय मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षकी मीनाक्षी, ५३ का सिवगामी, ५७ वर्षका विजायल, ५८ वर्षकी मीना र ६० वर्षका तमिलारसीको घटनास्थलमा नै मृत्यु भएको छ । मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार विद्युतीय माइक्रोबस दुर्घटनामा परेको थियो ।  सडकखण्डबाट करिब २०० मिटर तल खसेको माइक्रोको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जनाइएको छ । प्रहरी प्रमुख विकका अनुसार घटनाका घाइतेलाई उद्धार गरी थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन ल्याइएको छ । ६२ वर्षका सोरनम, ६५ वर्षका मंगदा जलम, ७५ वर्षकी सुभाद्रा, ६५ वर्षकी मायाल, ७३ वर्षकी सरोजा, ७५ वर्षकी भाग्यलक्ष्मी र ३४ वर्षकी मीनाक्षीको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालक लमजुङको बेँसीसहर नगरपालिका–१ का ४६ वर्षका पुष्प मल्ल ठकुरी सकुशल छन् भने सहचालक बेँसीसहर नगरपालिका–३ का २९ वर्षका सन्तोष गुरुङ घाइते छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फागुन २५, चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षमा भन्दा बढी मत समानुपातिकमा पाएको छ। यी तीनै क्षेत्रमा रास्वपाले पाएको मत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मत भन्दा झण्डै दोब्बर छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाले समानुपातिकतर्फ ६० हजार ४० मत प्राप्त गरेको छ। रास्वपाले यो क्षेत्रमा २०७९ मा २८ हजार ४०१ मत प्राप्त गरेको थियो। अहिलेको निर्वाचनमा प्रत्यक्षतर्फ ५९ हजार २७७ मत प्राप्त गरेर सोबिता गौतम विजयी भएकी छन्। रास्वपाले क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ ५४ हजार ५०९ प्राप्त गरेको छ। २०७९ मा यहाँबाट ३५ हजार ९ सय ४५ मत प्राप्त गरेको थियो। अहिले यहाँबाट रवि लामिछाने ५४ हजार ४०२ मत प्राप्त गरेर विजयी भएका छन्। क्षेत्र नम्बर १ मा रास्वपाले समानुपातिकमा मत ५९ हजार २४३ प्राप्त गरेको छ। २०७९ मा ३४ हजार ६९१ मत प्राप्त गरेको थियो। प्रत्यक्षतर्फ रास्वपाका हरि ढकाल ५८ हजार २०२ मत प्राप्त गरेर विजयी भए। तीन वटा क्षेत्रबाट रास्वपाले १ लाख ७३ हजार ७९२ मत प्राप्त गरेको छ। अघिल्लो निर्वाचनमा ९९ हजार ३७ मत पाएको थियो। यी तीनवटै क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ २०७९ को भन्दा कम मत प्राप्त गरेका छन्।

Subcategories