नवलपुर,माघ ६ ।
विद्युतीय धरापमा परेर चितवन राष्ट्रिय निकुञ्जमा गैडाको माउ र बच्चा मृत फेला परेका छन् भने तस्करहरूले गैडाको खागकाटी लगेका छन्न । नवलपुरको सेहरीस्थित नारायणी नदी किनारमा दुईवटा गैडा मृत अवस्थामा भेटिएका हुन् । दुईवटा गैडा मध्ये माउ र बच्चा रहेको स्थानीयले जनाएका छन् । शुक्रबार बिहान मृत अवस्थामा भेटिएका दुई गैडामध्ये एउटाको खाग पनि निकालिसकेको पाइएको छ । स्थानीयका अनुसार चोरी शिकारीमा परेको हुन सक्ने आशंका छ । अहिले गैडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने अनुसन्धान थालिएको छ । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने आकलन गरिएको छ । जंगल क्षेत्र नजिक रहेको हुँदा सेहरीमा पछिल्लो समय बाघको आक्रमण पनि बढेको स्थानीयले बताएका छन् । करिब १५ दिन भित्रमा बाघले २–३ वटा गाइ बस्तु पनि खाइसकेको छ ।