चितवन, माघ ८ ।

चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । गैंडाको बच्चा प्राकृतिक कारणले मरेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारी जानकारी दिएका छन् । । सुचना अधिकारी तिवारीका अनुसार ‘गैंडाको बच्चा मरेको अवस्थामा भेटिँदा माउ पनि सँगसँगै थियो, मरेको बच्चाको माया लागेर होला साथ छाडेको थिएन, ‘हाम्रो टोली घटनास्थलमा पुगेपछि छाड्यो ।तिवारीले भनेका छन् ।’

बच्चा गैंडा के कारणले मरेको हो भनेर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने तिवारीले बताए । निकुञ्जको कावासोती क्षेत्रमा माघ ६ गते गैंडाका आमाछोरा तस्करहरूले मारेको पर्सिपल्ट नै गैंडाको बच्चा मरेको हो । चालू आर्थिक वर्षमा योसहित ११ गैंडा मरेका छन् । ती मध्ये ३ गैंडा चोरी शिकारीले मारेका हुन् ।