फागुन ९, काठमाण्डौं ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ ।

मंगलबार काठमाडौंको किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो । नेपालको जितमा

कप्तान रोहित पौडेलले अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले । करण केसीले ३७ बलमा अविजित ३१ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्ल २१ रन र कुशल मल्लले १७ रन बनाए । स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट लिए । सफियान सरिफ,माइृकल लिस्क र ब्रेण्डन म्याकमुलनले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो । स्कटल्याण्डका लागि जर्ज मुन्शेले ६० रनको अर्धशतकीय ईनिङ खेले । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले ३ विकेट र कुशल मल्ल तथा ललित नारायण राजवंशीले समान १÷१ विकेट लिए । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ ।