फागुन १२, रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबार जंगली हात्तीको आक्रमणबाट एकजना विदेशी पर्यटकको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको बछौली हात्तीसार नजिकको जंगलमा हात्तीले आक्रमण गर्दा अन्दाजी ३१ बर्षको विदेशी पर्यटकको मृत्यू भएको हो ।
घटना स्थलमै मृत्यु भएका उनको नाम र देश अझै खुल्न नसकेको निकुञ्जका सौराहा सेक्टर प्रमुख शरदमणि पौडेलले जानकारी दिए । चालू आबको छ महिनामा चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ८ जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।