चितवन, २७ फागुन । नेपाल नेत्रज्योति संघ चितवनको सभापतिमा जयराम श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ । संघको आज सम्पन्न २३ औं साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

 

समितिको सदस्यमा तेजेन्द्रबहादुर खड्का, केशवप्रसाद अधिकारी, सिद्धार्थलाल चुके, नारायणप्रसाद अधिकारी, शान्तकुमार पिया, चिरञ्जीवि सुवेदी, पवनकुमार पिया, दिनेश खनाल, रामप्रसाद भट्ट, गुरुप्रसाद पौडेल रहनु भएको छ । समितिको महिला सदस्यमा सुधा जोशी र कस्तुरी श्रेष्ठ चयन हुनु भएको छ । प्रेमप्रभा क्षेत्री, दीपक राना, रामप्रसाद कँडेल र केएन सिलवाल समितिको सदस्यमा मनोनित हुनु भएको छ ।

अधिवेशन सम्पन्न भएपनि आगामी वैशाख १ गतेबाट नयाँ समितिको कार्यकाल प्रारम्भ हुनेछ । समितिको पहिलो बैठकले उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष चयन गर्ने संघका जिल्ला अध्यक्ष कृष्णराज धरेलले जानकारी दिनुभयो । संघले भरतपुर आँखा अस्पताल र यस मातहत अस्पताल तथा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।