चितवन,वैशाख ११ ।
चितवन २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १, २, ३, ४, ५ र ६ को गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३६०२ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २०८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १४९४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।