बैशाख ३०, भरतपुर ।

पवित्रा ढकाल ।

नासा नेपाल वाग्मती संघ तथा चितवन अटोमोवाइल्स डिलर्स एसोसीएसन (काडा )को संयुक्त आयोजनामा भएको २ दिने अटो जिमखाना प्रतियोगीता सकिएको छ । प्रतियोगीतामा आशिष भारती प्रथम भएका छन् त्यस्तैफेलिक्स सिंह भान दोस्रो र दिग्वीजय सिंह अधिकारी तेस्रो हुन सफल भएका छन् । यहि बैशाख २९ र ३० गते महालक्ष्मी ड्राइभिङ्ग सेन्टर भरतपुरमा भएको प्रतियोगीतामा १९ जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश २७ हजार, ९ हजार र ३ हजार नगद सहित प्रमाण पत्र र शिल्ड प्रदान गरिएको थियो । भरतपुर नगरपालीकाकी प्रमुख रेणु दाहालले विजयीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगीतामा प्रथम हुने आशिष भारतीले भरतपुर महानगरपालिका वडा नं. २९ चौकी डांडामा हिमालय फ्रन्टियर्सले हालै सञ्चालनमा ल्याएको पाराग्लाइडिङ्ग निशुल्क गर्न पाउने छ । चितवनलाई शाहसिक र खेल पर्यटनको मूख्य गन्तव्य बनाउने अभियानमा रहेको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले बताउनु भयो । यस प्रतियोगीतामा काडा चितवनमा आबद्ध र खेलप्रेमी व्यवसायीहरुको सकृय सहभागीता रहेको थियो । च्याम्पीयनसिपका विजेता १ जना तथा महिला बाट १ जनाले (वेष्ट टाइमिङ्गको आधारमा) आगामी नोभेम्बरमा ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पीयनसिपमा सहभागिको अवसर प्राप्त गरेका छन् । प्रतियोगीतमा भाग लिने सम्पूर्ण सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगीताको प्राविधिक कार्यको लागी नासा नेपालका दक्ष मार्शलहरुको उपस्थिति रहेको थियो । यो चितवनकै पहिलो रोमान्चक र साहशीक अटो जिमखाना प्रतियोगीता हो ।