जेठ १४, काठमाण्डौ ।
मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिणगेट अगाडी प्रदर्शन गरेको छ ।
समाजले शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकार ः सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर लगाएतका नारा लगाउदै प्रदर्शन गरेको हो । सो क्रममा प्रदर्शन गर्ने अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरु चन्द्रमणि बञ्जारा, नम्रता खरेल लगाएतलाई नियन्त्रणमा लिएको समाजले जनाएको छ ।