जेठ २८, भरतपुर । तस्विर कोमलचन्द्र भगत ।
तस्विर कोमलचन्द्र भगत ।
सामाजिक कार्यमा क्रियाशिल चितवनको सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाको सह–कार्यमा वडा नम्बर १ मा अन्तर घर,अन्तर स्वास्थ्यकर्मी,अन्तर कृषक,अन्तर आमा समुहबीच प्रतिस्पर्धा गराएर जीवन शैलीमा परिवर्तन ल्याउनेलाई पुरस्कृत गरेको छ । ‘सवै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ परियोजनाबाट चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन गर्न परियोजनाले काम गरेको थियो । तीन बर्ष देखि सञ्चालित परियोजनाले चेपाङ सुमदायको आर्थिक, स्वास्थ्य, शिक्षा, सरसफाई लगायतका दैनिक जीवनयापनका गतिविधिमा परिवर्तन ल्याउन कार्यक्रम सञ्चालन गरेको थियो । परियोजनाकै कारण इच्छाकामनाका चेपाङ समुदायको जीवनशैलमिा परिवर्तन आएको छ । परियोजनाले प्रतियोगीतामा सहभागी भई विजेता बनेकाहरुलाई शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा प्रतियोगितामा विजयीहरुलाई पुरस्का प्रदान गरेका गरियो। परियोजना अन्र्तगत आयोजित अन्तर घर प्रतियोगिता, अन्तर आमा समुह, उत्कृष्ट किसान र उत्कृष्ट स्वंयसेवीकालाई पुरस्कृत गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका म्यानेजर सुजन वस्नेतले बताउनुभयो । ११ वटा कलस्टर निर्माण गरि परियोजना सञ्चालन गरिएको थियो । प्रतियोगीतामा ६० भन्दा बढी पुरस्कृत भएका छन् । ११ वटा कलस्टरबाट ५\५ जना गरि ५५ जना पुरस्कृत भए । प्रतियोगितामा सहभागी मध्ये तीन जना सर्वोत्कृष्ट घोषित भएका छन् । सानु कान्छी चेपाङ, सन्तमाया चेपाङ र कालिमाया चेपाङ सर्वोत्कृष्ट हुनुभयो । फलफुल तर्फ तर्फ थाप्राङका विष्णु बहादुर चेपाङ र बाख्रा पालन तर्फ खैरेशका विष्णु माया चेपाङ सर्वोत्कृष्ट हुनुभयो । स्वयंसेविका तर्फ भने शान्ता गुरुङ सर्वोत्कृष्ट तथा आमा समूह तर्फ कोलभञ्ज्या र चौकी डाडाँ आमा समूह सर्वोत्कृष्ट भएको म्यानेजर बस्नेतले बताउनुभयो । विजेताहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो । उनीहरुको सरसफाई, घरको अवस्था, करेसावारी, शौचालयको अवस्था, विद्यार्थीको पढाई लगायतका क्षेत्र कमजोर रहेको पाईएपछि सपना भिलेज सोसियल इम्प्याक्टले गाउँपालिकासंग सहकार्य गरेर उनीहरुको जीवनमा परिवर्तन ल्याउन परियोजना संचालन गरेको थियो। वि.स.२०७७ सालदेखि वडा नम्बर १ का ६ सय १५ घरधुरीमा परियोजनाले काम गरेको थियो
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सपना भिलेज र गाउँपालिकाले संयुक्त संचालन गरेको यस परियोजनाबाट बाटो देखाउने काम भएको र आफ्नो जीवन शैली परिवर्तन ,जिविकोपार्जन,आर्थिक वृद्धीका लागि निरन्तर सक्रिय हुनु पर्नेमा जोड दिनुभयो । त्यस्तै गाउँपालिका पूर्वअध्यक्ष गीता कुमारी गुरुङले चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन ल्याउनका लागि यो परियोजना यहाँ सञ्चालन गर्न आवश्यक देखिएकाले आफुले चार बर्ष अघि सपना भिलेजसंग गाउँपालिकाले सहकार्य गरि सुरु गरेको बताउनुभयो ।
एनजिओहरुलाई महत्व नदिएको तत्कालिन अवस्थामा सपना भिलेज सोसल इम्प्याक्टको काम महत्वपूर्ण लागेर गाउँपालिकाले सहकार्य गर्न तयार भएको निवर्तमान अध्यक्ष गीता गुरुङले बताउनु भयो । परियोजनाले भर वरपर सरसफाई, ,करेसावारी, शिक्षामा परिवर्तन ल्याउन गरिएको प्रयास सफल भएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रव गिरीले बताउनुभयो । आगामी दिनमा पनि गाउँपालिकासंग सहकार्य गरी अघि बढ्ने अध्यक्ष गीरीले बताउनुभयो । साथै गाउँपालिका संगको सहकार्यमा भाराङ राष्ट्रिय आधारभूत विद्यालयको भवन बनाउने प्रतिवद्धता गर्नुभयो । कार्यक्रममा परियोजनाका निर्देशक बर्षा पुरी, सपना भिलेजका निर्देशक एंव भरतपुर अस्पतालका मेसु डाक्टर कृष्ण पौडेल, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरि , रत्ननगर नगरपालिका वडा नम्बर ७ का कार्यवाहक वडाध्यक्ष राजु आचार्य वडा नम्बर १ का वडाध्यक्ष सन्त बहादुर राना मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायिक टिका सानु, सागर विसि र गणेश चेपाङ लगायतको प्रश्तुती रहेको थियो ।