चितवन, २५ असार । तस्वीर कोमल चन्द्र भगत ।
चितवनको भरतपुरमा रहेको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरले आफ्नो १२ औं वर्षकोत्सव मनाएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी अस्पतालले आफ्नो वार्षिकोत्सव मनाएको हो । बि.सं. २०६८ साल असार २४ गते यो अस्पतालले औपचारीक सेवा शुरु गरेका हो । अस्पतालमा विरामी उपचारमा भएको बाह्र वर्षको अनुभवलाई समेटेर “प्राक्टिस अफ अर्थोपेडिक्स ईन नेपाल” नामक पुस्तक विमोचन गरिएको छ । वरिष्ठ अर्थोपेडिक्स सर्जन प्रोफेसर डा. आनन्द रेग्मीले उक्त पुस्तकको विमोचन गर्नुभएको हो । यस पुस्तकमा १२ वर्षको अवधिमा अस्पतालले कति केस ग¥यो, कति इमर्जेन्सी आए, कति अप्रेशन (शल्यक्रिया) गरियो, अप्रेसनमा पनि कुनचाहि विधामा कति गरियो र के गरियो र के रिजल्ट आयो भन्ने कुराहरलाई राखेर पुस्तक प्रकाशन गरिएको छ । यो पुस्तकमा अस्पतालको तथ्यांक (डाटा) विश्लेषण गरिएको छ । यस अस्पतालले सामान्य देखि नजुटेको (नजोडिएको), इन्फेक्सन भएको, बिग्रेको, स्टिल भाँचिएको मात्रै होइन, विदेशमा गरिएका असफल उपचारलाई पनि पुनः उपचार गरी निको बनाएको अस्पतालका अध्यक्ष डा. प्रमोद लामिछानेले बताउनु भयो । विदेशमा उपचार गराएर नजुटेको, इन्फेक्सन भएको बिरामी समेत यहाँ आएर उपचार गराएर राम्रो भएर जानुभएको छ उहांले भन्नुभयो । हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. लामिछानेको नेतृत्वमा सञ्चालित अस्पतालमा १२ वर्षको अवधिमा ७० हजार बिरामीलाई सेवा दिईएको छ । १२ वर्षको अवधिमा मुख्य रुपमा हाडजोर्नी तथा नसा रोगको उपचार हुने अस्पतालमा चोटपटक लगायतका ७० हजार शल्यक्रिया भैसकेका छन् । अस्पतालले ११ वर्ष ६ महिनाको अवधिमा १४ हजार ठूल्ठूला हाडजोर्नी सम्बन्धी शल्यक्रिया गरेका छ । ती मध्ये अधिकांश चोटपटकका छन् । यस अस्पतालमा टाउकोदेखि खुट्टासम्म भएका चोटपटकका उपचार हुन्छन् । मुख्य गरेर हाडजोर्नी तथा नसा रोग सम्बन्धी चोटपटकको सम्पूर्ण उपचार हुन्छ । सम्पूर्ण हाड जोर्नी भाँचिएको, नजोडिएको, इन्फेक्सन भएको उपचार हुन्छ । केही मात्रामा चोटपटकसँग सम्बन्धित न्यूरो सम्बन्धी उपचार पनि हुने गरेको डा. लामिछानेले बताउनु भयो । अनुहारसम्बन्धी चोटपटक, अनुहार बाङ्गोटिङ्गो भएको, चोटपटकले बिग्रिएको अनुहारको यहाँ उपचार हुने उहांको भनाइ छ । वरिष्ठ अर्थोपेडिक्स सर्जन प्रोफेसर डा. आनन्द रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निजी अस्पताल एशोसियसनका अध्यक्ष नारायण कुंवरले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अस्पतालमा लामो समयदेखि कार्यरत कर्मचारी, नर्स, डाक्टर ५ जनालाई सम्मान गरिएको थियो । त्यस्तै निजी अस्पताल एशोसियसनले अस्पतालको उन्नति प्रगतिको कामना गर्दै अस्पतालका अध्यक्ष डा.प्रमोद लामिछाने र उहांकी धर्मपत्नी सरिना चुडालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा अस्पतालकी पुर्व अध्यक्ष स्व. विष्णुमाया खरेलप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।