कार्तिक २०, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पालिएका हात्तीहरूको स्वास्थ्य जाँचका लागि सोमबारबाट (इलाफेन्ट हेल्थ क्याम्प २०२३) स्वास्थ्य शिविर सञ्चालन भएको छ । सौराहा स्थित हात्ती प्रजनन केन्द्रका पालुवा हात्तीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र उपचार गर्ने उद्देश्यले हात्तीको स्वास्थ्य शिविर सुरु भएको हो । अमेरीकि संस्था कटी एडम्सन कन्जरभेसन फन्डको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले शिबिरको आयोजना गरेका हुन । त्यस लगत्तै व्यवसायीहरुले पालेका हात्तीहरुमा समेत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविरमा सौराहा स्थित हात्ती प्रजनन केन्द्रमा रहेका ५८ वटा हात्ती सहित ११५ वटा हात्तीको स्वास्थ्य परीक्षण हुनेछ । स्वास्थ्य शिविरमा हात्तीको नङ काट्ने (फुट ट्रिमिङ), रगत जाँच गर्ने र जुकाको औषधि खुवाउने लगायत अन्य चेकजाँचका कार्यहरू हुने चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा.विजयकुमार श्रेष्ठले बताउनु भयो । उहाँले यसपटकदेखि प्रत्येक हात्तीलाई रेबिज र टिटानस विरुद्धको खोप पनि दिइने बताउनुभयो । स्वास्थ्य शिविरमा एउटा हात्तीको परीक्षणका लागि करिब एक घण्टा समय लाग्ने र चिकित्सकसहित दुईजना प्राविधिक ९टेक्निसियन० लाग्ने वरिष्ठ पशुचिकित्सक डा। श्रेष्ठले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेश तिवारीले पालुवा हात्तीमा देखिने स्वास्थ्य समस्याको उपचारका लागि प्रत्येक वर्ष स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको बताउनु भयो । ‘‘हात्तीको स्वास्थ्य अवस्था कस्तो छ, शरीरमा पौष्टिक तत्त्वको अवस्था के छ, अन्य कुनै रोग छ कि छैन भन्ने बुझ्न र उपचार गर्न शिविरको आयोजना गरिएको तिवारीले बताउनु भयो । परिक्षणका क्रममा घाउ देखिएमा एन्टिबायोटीक औषधिको प्रयोग गरिने, मिनिरल्सहरु समेत दिईने उहाँले जानकारी दिनुभयो । अमेरीकि सहित नेपालका पशु चिकित्सक र प्राबिधिकहरुले हात्तीको स्वास्थय परिक्षण र नङ मिलाउने काम गर्ने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी प्राबिधिक किरणराज रिजालका अनुसार हात्तीको सबैभन्दा ठूलो समस्या नङ हो । हात्तीको खुट्टाको टेक्ने भागलाई प्याड भनिन्छ । हात्तीको अगाढीका खुट्टामा ५÷५ वटा र पछाडीको खुट्टामा ४÷४ वटा नङ हुने गर्दछन् । ती नङ प्याड भन्दा लामो हुँदै गर्दा नङ् फुट्ने, माटो छिर्ने, पाक्ने जस्ता समस्या आउने उहाँले जानकारी दिनुभयो । हात्तीको खुट्टाको नङ ४÷४ महिनामा काट्नु पर्ने हुन्छ । शिबिरमा यसलाई प्राथमिकता दिइदै छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार शिबिर मार्फत निकुञ्जमा हात्ती रहेका सबै ठाउँमा पशु चिकित्सक र प्राबिधिक पुगेर हात्तीको स्वास्थ्य परिक्षण गर्ने छन् । यस अघि नोभेम्बर १ देखि चार दिन सम्म बर्दियामा रहेका १३ वटा हात्तीको स्वास्थ्य परिक्षण गरिएको थियो ।