चितवन, मंसिर ८ ।
भरतपुर महानगरपालिका १२ नौरङ्गे टोलमा फोहरको वर्गिकरण तथा व्यवस्थापन सम्बन्धि तालिम दिईएको छ। शुक्रबार धनगढा मन्दिर परिसरमा भरतपुर महानगरपालिका १२ नौरङ्गे टोल विकास संस्था र नौरङ्गे टोल आमा समुहको संयुक्त आयोजनामा फोहरको वर्गिकरण तथा व्यवस्थापन सम्बन्धि तालिम दिईएको हो। वातावरण संरक्षण तथा सरसफाइ अभियान्ता यमनाथ आचार्य र नारायणगढ सुइरो ब्यबस्थापनका देव बहादुर वस्तीले दिनु भएको तालिममा टोलका महिला र पुरुष गरी ४० जनाको सहभागिता रहेको थियो । घरबाट निस्कने फोहरलाई कुहिने र नकुहीनेमा वर्गीकरण गरी सहि ठाउमा ब्यबस्थापन गर्न सक्यौ भने वातावरण सफा हुने र आम्दानी गर्न पनि सकीने बारेमा जानकारी दिनु भयो । साथै गाउटोल सफा राख्न आफनो बानी ब्यबहारलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो ।अर्का प्रशिक्षक देव बहादुर वस्तीले नारायगढ सुइरो ब्यबस्थापन समितिले गाउ टोलमा सुइरो कार्यक्रम मार्फत फोहर संकलन गरी त्यसलाई सहि ब्यबस्थापन गर्दै आएको बताउनु भयो । वस्तीले हामीले फालेका फोहरबाट पनि मोहोर कमाउन सकिन्छ भन्ने सन्देश दिनुभयो । भरतपुर महानगरपालिका १२ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लेखराज पन्त ९हरि० ले भरतपुर महानगरपालिकाले राइनो ताल र धनगढालाई भरतपुर भ्रमण बर्षमा सुचिकृत गरेको बताउदै त्यति बेला सम्म यी दुई स्थानलाई सजिसाजाउ बनाउनुपर्ने जोड दिनु भयो । यस्तै भरतपुर महानगरपालिकाले फोहर संकलन गर्न टोल टोलमा पठाउने सवारी साधन अब आउन नपर्ने स्थिति सिर्जना गर्नेमा विश्वास ब्यक्त गर्नु भयो ।यस्तै कार्यक्रमका विशिष्ठ अतिथि भरतपुर महानगरपालिका वातावरण शाखाका अधिकृत बलदेव न्यौपानेले सभ्य र सफा युक्त ठाउलाई मात्र शहर मान्न सकिने बताउनु भयो । साथै महानगरले गर्नुपर्ने काम टोलले गरेकोमा प्रशंसा गर्दै कार्यक्रम सफल हुनेमा विश्वास ब्यक्त गर्नु भयो । यस्तै भरतपुर १२ का वातावरण तथा सरसफाई उप संयोजक मदनकृष्ण घिमिरले आफनो वडा टोल सफा सुन्दर राख्न आफै सचेत हुनुपर्ने बताउदै तालिममा सिकेका कुरालाई ब्यबहारमा उतार्न आग्रह गर्नु भयो । कार्यक्रमका सभापति नौरङ्गे टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तले टोल सुधारका लागि यस्ता कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने बताउनु भयो । सहभागिहरुलाई वातावरण सरसफाई र संरक्षणका लागि फोहर वर्गिकरण र ब्यबस्थापन गर्नुपर्नेमा जोड दिनु भयो ।