रत्ननगर, मंसिर ३० । रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्न प्रिय कप फुटबल अन्तर्गत शनिवार भएको खेलमा पेन्गुईन भरतपुर( २४ विजयी भएको छ । पेनाल्टी सुटआउटमा गैडाकोट फुटबल क्लब ३(१ गोलले हराउदै पेन्गुईन भरतपुर( २४ विजयी भएको हो । दुबै तर्फबाट २ / २ गोलको बराबरीमा खेल सक्किएपछि पेनाल्टी सुटआउटमा परिणत भएको थियो । आइतवारको खेलमा हार बेहोरे संगै गैडाकोट फुटबल क्लब प्रतियोगिताबाट बाहिरिएको छ भने पेन्गुईन भरतपुर २४ सेमिफाईनलमा प्रवेश गरेको क्लवका अध्यक्ष वसन्त राना मगरले जानकारी दिए । प्रतियोगितामा पेन्गुईन भरतपुर २४ का गोलरक्षक अनिश देवकोटा म्यान अफ दी म्याच घोषित भए । उनले रू १ हजार प्राप्त गरे । प्रत्यक दिनको म्यान अफ दी म्याचलाई सफा उर्जाले पुरस्कार वितरण गर्दै आईरहेकोछ । उनलाई सफा उर्जा उत्पादन प्रा.लि.का निर्देशक निर्णय पौडेल, आभास टेलिभिजनका प्रवन्ध निर्देशक कोमल चन्द्र भगत र सफा उर्जाका सामुदायिक सम्पर्क निर्देशक रवि रोषिले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए । चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेको प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए । भोली (सोमवार) प्याडाईज युथ क्लव सिसुवार र हेटौँडा फुटबल एकाडेमी बीच खेल हुने आयोजकले जनाएको छ ।