पौष १, रत्ननगर । प्याराडाइन युवा क्लव सिसुवार रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा हेटौडा फुटबल एकाडेमीलाई ४–० गोल अन्तरले पराजित गरी प्याराडाइज युवा क्लव फाइनलमा प्रवेश गरेको हो । प्याराडाइजलाई जिताउन देव दुरा, सन्तबहादुर गुरुङ, विवेक गुरुङ र विकी राईले एक एक गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने प्याराडाइजका सन्तबहादुर गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । उनलाई स्वर्णलक्ष्मी साकोसका प्रमुख कार्यकारी अधिकृत तुलसीराम थापा, ऋण अधिकृत राजेश बहादुर तामाङ, रत्नप्रिय क्लवका अध्यक्ष बसन्त रानाले पुुरस्कार हस्तान्तरण गरेका थिए । प्रत्यक दिनको म्यान अफ दी म्याच सफा उर्जा उत्पादन प्रा।लि।ले प्रायोजन गर्दै आएको छ । चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेको प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने खेल संयोजक बिबेक अम्गाईले जानकारी दिए । भोली ९सोमबार० खेलकुल विकास समिति रत्ननगर १२ र पेन्गुईन एजुकेशन भरतपुर २४ बीच दोस्रो सेमिफाइन खेल हुने क्लवका सचिव विजय लामाले जानकारी दिए ।