२१ डिसेम्बर २०२३, काठमाडौं, नेपाल । नेपाल स्थित अमेरिकी दूतावासले अमेरिकी दूतावास युवा परिषद्को २०२४ समुहका लागि आवेदन खुल्ला गरेको घोषणा गरेको छ । नेपाल स्थित अमेरिकी दूतावासद्धारा जारी विज्ञप्तिमा सो कुराको उल्लेख गरेको छ । जसको अन्तिम म्याद ३१ डिसेम्बर २०२३ (१५ मंसिर २०८०) तोकिएको छ । अमेरिकी दूतावास युवा परिषद् नेपाल स्थित अमेरिकी दूतावासको विकास र व्यक्तिमा नीहित सम्भावित दक्षताको विकास गर्ने कार्यक्रम हो जसले परिषद्का सदस्यहरुलाई आफ्नो समुदायहरुमा रहेका मुद्दाहरुलाई समाधान गर्न उनीहरुको नेतृत्व क्षमतामा विकास गरेर मद्दत गर्दछ । सदस्य रहेको अवधि सम्म, परिषद्का सदस्यहरु समाजका विभिन्न संजालहरु अन्तर्गत रहेर विभिन्न किसिमका काम गर्ने अवसरहरुमा संलग्न हुनुहुनेछ, सामुदायिक परियोजनाहरुमा योगदान गर्नुका साथै मुख्य रणनीतिक कार्यक्रमहरुमा भाग लिनुहुनेछन् । २ वर्षको विरासत बोकेको र ६०० भन्दा बढी व्यक्तिहरु समाविष्ट रहेको युवा परिषद्को एलुम्नी समुदायले विभिन्न सामुदायिक परियोजना मार्फत सकारात्मक परिवर्तनतर्फ महत्वपूर्ण योगदान गरेको छ । युवा परिषद्को कार्यक्रम नेपाली युवा र दूतावासबीच अर्थपूर्ण संवादलाई अगाडि बढाउन दत्तचित्त छ । यसको उद्देश्य नेपाली युवाहरूले सामना गर्ने चुनौतीहरूको पहिचान र सम्बोधन गर्नुका साथै समुदायले गरेका पहलहरू र नागरिक समाजमा हुने विभिन्न खालका क्रियाकलापमा बढी भन्दा बढी संलग्न हुनको लागि प्रोत्साहित गर्नु हो । यस वर्षदेखि, युथ इनोभेशन ल्याबको व्यवस्थापन अन्तर्गत युवा परिषद्ले नेपालको सामाजिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, र जातीय विविधता सहितको पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पारदर्शिपूर्ण प्रक्रिया मार्फत छानिएका २० देखि ३० वर्ष उमेरका ५० देखि ५५ नेपाली युवाहरूको समूहलाई एकै ठाउँमा ल्याउन सक्रिय रूपमा काम गरिरहेको छ । युवा परिषद् २०२४ ले विद्यार्थी, पेशागत व्यवसायी, विशेषज्ञहरु, समाज र पेशागत समूहका प्रभावशाली नेताहरु, पेशागत युवाहरु, राजनीतिज्ञहरु, विद्धानहरु, अभियन्ताहरु र आफ्नो समुदायमा सक्रियरुपमा कार्यरत व्यक्तिहरु र समाजमा महत्वपूण तथा अर्थपूर्ण प्रभाव पार्न सक्ने
वा चाहने युवाहरुलाई भाग लिनको लागि स्वागत गर्दछ । युवा परिषदले सीमान्तकृत समुदायहरु, अपांगता भएका व्यक्तिहरु, र धार्मिक तथा जातीय अल्पसंख्यक समुदायहरुका व्यक्तिहरुलाई आवेदन दिन प्रोत्साहन गर्दछ । वेबसाइट https://usycn.org/ मा गएर आवेदन फर्म भरि तपाईले आवेदन दिन सक्नुहुन्छ । आवेदन दिशा निर्देशहरु र नमूना आवेदन फर्मको थप विवरणको लागि यस https://linktr.ee/usycnepal वेवसाइटबाट गर्न सकिनेछ ।
थप विवरणहरुः
यदि तपाईलाई केही कुरा सोध्नुपर्ने जरुरी छ भने कृपया विना कुनै संकोच