पौष १४, भरतपुर । पवित्रा ढकाल ।
बिहानी टोल विकास संस्था भरतपुर ९ को १५ साधारण सभा शनिबार सम्पन्न भएको छ । बिहानी टोल विकास संस्थाका अध्यक्ष चिनी बहादुर बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष यमलाल कंडेल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुुख अतिथी कंडेलले वडा नं. को भौतिक, आर्थिक, सामाजिक विकासमा प्रतिबद्ध रहेको बताउनु भएको छ । वडा भित्र रहेको १८ वटा टोल विकास संस्था बिगत ४ वर्ष देखि निरन्तर एउटै समयमा सम्पुर्ण टोलबासी मिली गरेको सरसफाईको प्रशंसा गर्नुभयो । वडा नं. ९ भित्र बन्दै गरेका भौतिक संरचना निर्माण, ढल निर्माण, भित्री सडकहरुमा मोज्याक टायल्स् लगाउने लगायतका कार्य भैरहेको बताउनुभयो ।

टोल विकास संस्थाकी उपाध्यक्ष बिमला बुढाथोकीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रम भरतपुर महानगरपालिका वडा नं. ९ का वडा सदस्य पुर्ण बहादुर श्रेष्ठ, सुर्य प्रसाद खनाल, वनदेवी वरण्डाभार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, विकास टोल विकास संस्थाका अध्यक्ष भरत रानाभाट, कांडाघारी टोल विकास संस्थाका अध्यक्ष फडिन्द्र भट्टराई बसन्त चोक क टोल विकास संस्थाका अध्यक्ष विजयराज पौडेल, बिहानी आमा समुहका निवर्तमान अध्यक्ष शारदा खनाल, बिहानी टोल विकास संस्थाका निवर्तमान अध्यक्ष हिरा तिमिल्सीना, जेष्ठनागरीक संघ शाखा कार्यालय गोन्द्राङका अध्यक्ष घननाथ उपाध्याय, लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम टोल विकास भित्र रहि सुचना तथा सञ्चारको क्षेत्रमा टोलबासीलाई सहयोग गरेको भन्दै आभास टेलिभिजनलाई सम्मान पत्र र मायाको चिनो दिइ सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा ३ जना जेष्ठ नागरीक र टोल भित्र रहि सामाजिक काममा उल्लेखनीय योगदाना गरेको ३ जना सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी टोलभित्रका एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याइ पास हुन सफल दुइजना विद्यार्थीलाई सम्मान पत्र डायरी र कलमले सम्मान गरिएको थियो । कार्यक्रममा टोल विकासका अध्यक्ष चिनी बहादुर बोहराले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष लिलाभक्त अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम बिहानी टोल विकास संस्थाका सचिब आशाराम दहितले सञ्चालन गर्नुभएको थियो ।