Top 1

Sidebar

×

Main Menu

  • समाचारसमाचार
  • खेलकुदखेलकुद
  • अर्थ / वाणिज्यअर्थ / वाणिज्य
  • स्थानियस्थानिय
  • अन्यअन्य
  • हाम्रो टिम
Avass Television HD Avass Television HD
 

Contact Us

For news and programs, please contact us at +977 9855056039 .

  • समाचारसमाचार
  • खेलकुदखेलकुद
  • अर्थ / वाणिज्यअर्थ / वाणिज्य
  • स्थानियस्थानिय
  • अन्यअन्य
  • हाम्रो टिम

चितवन जिल्ला क्रिकेट टिमको जर्सी प्रायोजकमा प्राइमो सेक्युरिटीज र सेन्ट्रल कलेज

Details
AV TV Super User logo
News
05 January 2024
Tweet
Share
Share
share with Whatsapp
share with Telegram
Send by email
पौष २०, चितवन ।
चितवन जिल्ला क्रिकेट टिमको जर्सी प्रायोजकमा प्राइमो सेक्युरिटीज र सेन्ट्रल कलेज ।।पौष २०, चितवन । गरेको छ । आज भरतपुरस्थित निर्माणाधिन रंगशालाको नमुना मैदानमा चितवन जिल्ला क्रिकेट संघले एक कार्यक्रम गरी जर्सी सार्वजनिक गरेको हो । जर्सीको मुख्य प्रायोजकको रुपमा काठमाडौंस्थित प्राइमो सेक्युरिटीज प्रा. लि. र सह-प्रायोजकको रुपमा नारायणगढस्थित सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रा. लि. आवद्ध भएका छन । प्राइमोले तीन लाख रुपैयाँमा २ वर्षका लागि चितवन जिल्ला क्रिकेट संघसंग सम्झौता गरेको हो । सेन्ट्रल कलेजले १ लाख ५० हजार रुपैयाँमा २ वर्षका लागि सम्झौता गरेको छ । त्यसबाहेक पनि सेन्ट्रल कलेजले संघको कार्यालय संचालनका आवश्यक पर्ने कम्प्युटर, प्रिन्टर लगायतका सामग्री सहयोग गर्ने कलेजका प्रिन्सिपल वाइबी पौडेलले बताए । प्राइमो सेक्युरिटीज नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त शेयर कारोबार गर्ने संस्था हो भने सेन्ट्रल कलेज जापान, अष्ट्रेलिया, न्युजील्याण्ड, युरोप लगायतका मुलुकमा विद्यार्थीहरुलाई अध्ययनका लागि शैक्षिक परामर्श दिदै आएको संस्था हो । सम्झौतापश्चात अब चितवन जिल्लाको क्रिकेट टिमले खेल्ने हरेक खेलमा प्राइमो सेक्युरिटीज र सेन्ट्रल कलेजको लोगोअंकित जर्सीको प्रयोग गर्नेछ । यस्तै प्रभु बैंक लि. ले पनि १ वर्षका लागि ५० हजार रुपैयाँको प्रायोजन गर्ने सम्झौता गरेको छ । हरेक जिल्लाले क्रिकेट गतिविधि निरन्तर गराउन यस्ता किसिमका प्रायोजकको व्यवस्था गर्दै आन्तरिक श्रोत व्यवस्थापन गर्न आवश्यक रहेको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले बताए । बागमती प्रदेश अन्तर्गतको छनौटको समुह बीमा रहेको चितवनले अन्तिम खेलमा नुवाकोटलाई ६ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । चितवन समुह विजेता बन्दा नुवाकोट उप-विजेता भयो । छनौट प्रतियोगिताका सेमिफाइनल र फाइनल खेलहरु भने मुलपानी मैदानमा हुने बागमती प्रदेश क्रिकेट संघको तालिका रहेको छ ।
 
 
 
 
 
 
 
 

Latest News

  • टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लाग...
  • शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान ,...
  • चितवनको तीनवटै निर्वाचन क्षेत्रमा रास्वपालाई प्रत्यक्षमा भन...
  • प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी, राष्ट्रिय स्वतन्त्र पार्...
  • सामुदायिक वनको सामाजिक पारिस्थितिक आयामहरू विषयक परिचयात्मक...

Most Read

चरा संरक्षण गर्न चितवनको सौराहामा छैटौं राष्ट्रिय कार्यशाला शुरु
1

चरा संरक्षण गर्न चितवनको सौराहामा छैटौं राष्ट्रिय कार्यशाला शुरु

प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु
2

प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु

3

शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान , दुर्घटनामा परी निधन हुने सात जना भारतीय नागरिक

4

चितवनको तीनवटै निर्वाचन क्षेत्रमा रास्वपालाई प्रत्यक्षमा भन्दा बढी मत समानुपातिकमा मत प्राप्त

5

देवघाटधाम महामहोत्सवको नाममा महाराज इश्वर कृष्ण भुर्तेलले गरेका क्रियाकलाप प्रति विश्व हिन्दु महासंघको आपत्ति

Copyright © 2026 Avass Television. All Rights Reserved. Designed by AVASS.