माघ १७ , चितवन ।
नेपालीमा “भूठान” र अंग्रेजीमा “द वल्र्ड ह्यापियस्ट म्यान” छुट्टाछुट्टै नाम रहेको “वुलवुल”निर्देशक विनोद पौडेल द्वरा निर्देशित पहिलो हलिउड नेपाली चलचित्रको सम्पूर्ण छायांकन हालै सकिएकोछ । यसमा नेपालबाट हरिवंशआचार्य, दयाहाङ्ग राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य साथै भारत बाट अनुराधा मजुमदार तथा अमेरिका बाट हलिउडका विश्वविख्यातअभिनेता बू्रश डन लगायत विभिन्न कलाकारहरु जोडिएका छन् । सांघुरोका निर्देशक जोयश पाण्डे र नेपाली नाट्य क्षेत्रका सफल व्यतित्व विमल सुवेदी पनि यस चलचित्रमा अभिनेताका रुपमा पनि देखिने भएका छन् ।
विगत पाँच वर्ष देखिको निरन्तर प्रयासपछि हालै सम्पन्न भएको यो चलचित्र, हलिउड कैअन्तराष्ट्रिय मान्यता र मापदण्डमा रहेर बनाइएको हो । “यो नेपालको लागि पहिलो यूनियन (स्याग) चलचित्र हुनेछ । यसमा ब्रुस डन मात्रनभएर हलिउडकै प्रख्यातप्राविधिकहरुपनिजोडिएका छन्, जसले गर्दा यस चलचित्रको प्रविधिक पक्ष अत्यन्तैै सबल रहेको र कथा पनि विश्वले आत्मसातगर्ने भएकोले यो चलचित्र मार्फत हामी विश्व बजारमा आफ्नो पहुंच बनाउने कुरामा विश्वस्त छौं जुन सम्पूण नेपाल र नेपालीको गर्वको कुरा हो”, लेखक, निर्दैशक पौडेल बताउँछन् ।
म्याड मंकी फिल्मस्ले निर्माण गरेको यस चलचित्रमा, हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ताकंपनिले सहकार्य गरेकाछन् । यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एनअधिकारी,अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा रहेका छन् ।
यो चलचित्र २०२४ को अन्त्य सम्मदर्शक सामु ल्याउने र विश्वव्यापी रुपमाप्रदर्शन गर्ने योजना रहेकोे जानकारी यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एनअधिकारी , रमेश भट्ट र अपार श्रेष्ठले दिए ।