चैत ३०, भरतपुर । तस्विर कोमल चन्द्र भगत । चितवनमा आगामी असोजमा प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिकल २०८१ू हुने भएको छ । चितवन जिल्ला शारिरीक सुगठन तथा फिटनेश संघले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि भरतपुर भ्रमण बर्षको अबसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । स्वस्थ शरीर भित्र स्वस्थ मनस्थिति हुन्छ भन्ने मुल नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै विजया दशमी, शुभ दीपावली, छठ पर्वको अवसर पारेर जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए । प्रत्येक दुई(दुई वर्षमा आयोजना गर्ने उद्देश्य सहित मिति २०८१ असोज महिनामा चितवनमै पहिलो पटक प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिक्स २०८१ आयोजना गरिएको उनले जानकारी दिए ।
प्रतियोगितामा छ वजन समूहको टिमको सहभागिता हुनेछ । जसमा ५५, ६०, ६५, ७०, ७५, ८० केजी तौल समूहबीच प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा एउटा क्लव वा संस्थाबाट एउटा बजन समूहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा १० जना खेलाडीहरु र १ जना टिम मेनेजरले भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउने संघका उपाध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । त्यस्तैगरी शारीरिक सुगठनको विधा अन्तर्गत महिला एथलेटिक्स फिजिक्स प्रतियोगितालाई खुल्ला समूह अन्तर्गत खेलाइनेछ । प्रतियोगिताको पहिलो दिन प्रि जजिङ राउण्ड अन्तर्गत मिष्टर चितवन प्रतियोगिताको लागि प्रत्येक समूहबाटब ५ जना खेलाडी र दोश्रो दिनको फाइनल राउण्डको लागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरुमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत तथा काश्य पदक एवम् प्रमाणपत्र प्रदान गरिने छ । चौथो तथा पाँचौं हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र हासिल गर्नेछन् । प्रत्येक वजन समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु २५,०००, १५,००० तथा १०,००० नगद सहित पुरस्कृत गरिनेछ । त्यस्तै शारीरिक सुगठनको विधा अन्तर्गत पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिताको पहिलो दिन प्रि(जजिङ्ग राउण्ड अन्तर्गत ६ जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डको लागि छनौट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक समूहका खेलाडीहरुमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण रजत तथा काश्य पदक एवम् प्रमाण पत्र प्रदान गरिनेछ । चौथो तथा पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र प्रदान गरिनेछ ।
प्रत्येक समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः ३०,०००, २०,००० तथा १०,००० हजार नगद पुरस्कार प्रदान गरिनेछ । फाइनस प्रतियोगितामा पुरुष तर्फ प्रत्येक समुहको समूहगत विजेता खेलाडीहरु बीच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई “मिष्टर चितवन” को उपाधि संगै नगद रु। एक लाख पचास हजार पुरस्कार, ट्रफि तथा व्यानेट प्रदान गरिने छ । यसरी ओभरअल प्रथम हुने खेलाडीले नगद रु। १,८०,००० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा करीब १० लाख रूपैया अनुमान गरिएकोछ । पत्रकार सम्मेलनमा शारिरीक सुगठन तथा फिटनेस महासंघ बागमती प्रदेश समितिका सदस्य राकेशमान श्रेष्ठले प्रतियोगिताको उद्देश्य र तयारीका बारेमा जानकारी गराएका थिए ।