रत्ननगर, साउन ६ । तस्विर : अंकित भगत । चितवनको सौराहामा ७ करोड लगानीको चन्द्रमा होटल एंड रेष्टुरेण्ट सञ्चालनमा आएकोछ । भरतपुर महानगरपालिका वडा नं. ९ शरदपुरका युवा व्यवसायी चेतराम गैरेले रत्ननगर वडा नं. ६ सौराहामा १७ कोठे सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् ।
सन् २००९ सालबाट जापानको टोकियोबाट व्यवसाय सुरू गरेका युवा व्यवसायी गैरेले नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा पनि सुबिधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् । होटलमा एसि सहितको सुबिधा सम्पन्न कोठा, बिदेशि तथा आन्तरिक पर्यटकलाई स्वादिष्ट परिकारको व्यवस्था रहेको सञ्चालक गैरेको भनाई छ । कार्यक्रममा होटल सञ्चालक गैंरेलाई महाविर पुनको किताव खरिद गर्ने घोषणा समेत गरे । १ लाख बराबरको किताब खरिदका लागि गैरेले १ लाख रुपैंयाको चेक समेत प्रदान गरेका छन् । । होटलको एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय आविस्कार केन्द्र नेपालका अध्यक्ष डा. महाविर पुनले उद्धघाटन गरे ।कार्यक्रममा बोल्दै उनले सौराहाका होटलहरूले गुणस्तरीय सेवा सुबिधामा दिनुपर्नेमा जोड दिए ।
होटलका सञ्चालक गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर वडा नं . ६ का वडा अध्यक्ष किरण महतो, बाघमार वनका अध्यक्ष जित वहादुर तामाङ, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी लगाएतले मन्तव्य राखेका थिए । सौराहाका पुराना व्यवसायि तथा समाजसेवी पुरूषोत्तम लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा रेवानका पूर्व अध्यक्ष गोकर्ण गिरी, नेचर गाईड एसोशियसनका अध्यक्ष अनिल गुरूङ, बछौली चौकी प्रमुख श्याम थापा लगायत सौराहाका व्यवसायीहरूको सहभागिता रहेको थियो ।