भदौ १, भरतपुर ।
सञ्चारकर्मी सविना लामिछानेले भरतपुरको वीरेन्द्र क्याम्पस रोडमा मदिरा पसल आद्या लिक्वेर्स सञ्चालनमा ल्याएकी छन् । सञ्चारकर्मी सविना लामिछानेले ‘आद्या लिक्वेर्स’ नामक मदिरा पसल सञ्चालनमा ल्याएकी हुन् । वीरेन्द्र क्याम्पस रोडस्थित दिपेन्द्र चोकमा अवस्थित डिप ड्रपको आउटलेटको रुपमा आद्या लिक्वेर्स खुलेको हो ।
डिप ड्रप लामिछानेका श्रीमान् राजिव भट्टराईले चलाउनु भएको छ । उद्घाटनको अवसरमा भदौ महिनाभरि बिक्रि मूल्यमा ५ प्रतिशत छुट दिइने लामिछानेले जानकारी दिइन् । लामिछाने चितवन खबर डट कम की सम्पादक हुन् ।