पुष १३, सौराहा चितवन । तस्विर अंकित भगत । पर्यटकीय नगरी सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सवको तेश्रो दिन शनिबार बाघमारा वनको खुल्ला चौरमा हात्तीहरूलाई वनभोज खुवाइएको छ । हात्तीहरुको वनभोज कार्यक्रममा विभिन्न किसिमका मिष्ठान्न परिकारहरु तयार पारियको संयोजक रामकुमार अर्यालले जानकारी दिए । हात्ती वनभोजमा ड्र्यागन फ्रुट, स्याउ, उखु, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै, पाउरोटी , सुन्तला, भेलिमा पकाएको चामल, लगायतका खानेकुरा खुवाइएको महासचिव गुणराज थपलियाले बताए । नेपालमा एक सय ५० वटा हात्ती निजी स्तरमा पालिएका छन् ।

वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो। कलात्मक रुपमा सजिएका हात्तीले बनभोज खाँदै गरेको क्षण नजिक भएर सेल्फी खिच्नेको भिड रोचक थियो। ताजा फलफूल सुँढ घुमाई घुमाई मुखमा हाल्दै मर्काउँदा आनन्द अनुभव गरिरहेको भाव हात्तीका आँखाबाट हेर्न लायक भएको क्षेत्रीय होटेल संघ सौराहाका उपाध्यक्ष ओम पाण्डले जानकारी दिए। एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका व्यवस्थापक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुंगी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। विनोद तिमिल्सिनाले बताए। हात्तीहरुको वनभोज कार्यक्रम आकर्षणको रुपमा रहँदै आएको छ । दर्जनौ हात्तीहरू एकसाथ भोज गरिरहदा उनीहरूमा छुटै रौनकता देखिन्थो । भने उनीहरूको भोज देखेर पर्यटक तथा दर्शक दंग थिए ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव गर्न थालिएको थियो । १८ औं संस्करणको हात्ती महोत्सव सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ ।
महोत्सवमा हात्तीको पेनल्टी शूट आउट, सुन्दरी प्रतियोगिता र हात्तीहरुको वनभोज कार्यक्रम आयोजना गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुंगी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।