४ पुस, चितवन । लायन्स क्लब अफ रत्ननगर र लायन्स क्लब अफ चितवन नेसनल पार्कको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र रत्ननगर नगरपालिका वडा नम्बर ५ को समन्वयमा नगर स्वास्थ्य केन्द्र रत्ननगर ५ टरौलीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो। आँखा शिविरमा २२३ जनाले सेवा लिनुभएको छ। ९३ जना पुरुष र १३० जना महिलाले सो शिविरमा सेवा लिनुभएको हो। सेवा लिनुभएकामध्ये ११ जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने भएकाले उहाँहरुलाई निःशुल्क मोतियाबिन्दुको शैल्यक्रिया गरिने आयोजक लायन्स क्लब अफ रत्ननगरका अध्यक्ष रस्किन अधिकारीले जानकारी दिनुभएको हो ।