पवित्रा ढकाल ।  तस्विर कोमल चन्द्र भगत । 
चितवन, २५ पुस । चितवन गौरव र गरिममाय प्रस्तुति चितवन महोत्सव २०८१ को औपचारिक उद्घाटन पूर्व बिहीबार बिहान चितवनको नारायणगढ बजारमा विभिन्न जात जाति भाषा भाषीका संस्कृति झल्कने बाजा गाजासहितको शोभायात्रा निकालिएको छ ।

१५ औं संस्करण को यो महोत्सवको औपचारिक उद्घाटन भैसकेको छ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा २०५३ सालदेखि प्रत्येक दुई–दुई वर्ष अन्तरालमा आयोजना गरिँदै आएको यो महोत्सव माघ १० सम्म चल्ने छ ।