माघ २६, चितवन । पवित्रा ढकाल । आभास टेलिभिजन एचडीकी समाचार संयोजक एव चितवन खबर डट कम की सम्पादक सविना लामिछाने प्रेस चौतारी चितवन शैक्षिक प्रतिभा पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । प्रेस चौतारी नेपाल चितवनको ८ औं जिल्ला अधिवेशनको अवसरमा पत्रकार लामिछाने पुरस्कृत भएकी हुन् ।

लामिछानेलाई पत्रकारीता तथा आम सञ्चार विषय अध्ययन गरी स्नातक तह तर्फ चितवन जिल्लामा नै प्रथम हुन सफल भएको भन्दै प्रेस चौतारी चितवनको आठौं जिल्ला अधिवेशनमा दश हजार नगद सहित पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, प्रेस चौतारी चितवन शैक्षिक प्रतिभा पुरस्कार दाता दिपेन्द्र अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी र प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पुरस्कार प्रदान गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारबाट सन्तकुमार चौधरी, डा. तिलचन्द्र शारदा पुरस्कारबाट सालिकराम नेपाल, जोखम पत्रकारीता पुरस्कारबाट बद्रि अर्याल, निरुता बिक लगायतका पत्रकारहरु पुरस्कृत भएका छन् ।