माघ २९, चितवन । नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा पर्सा जिल्ला धोवनी गाउँपालिका वडा नं. ३ घर भएका २८ वर्षका अर्जुन महतो रहेका छन् । गैँडाकोट नगरपालिका वडा नं.१ मिलनचोकमा आज विहान ९ वजे बा ५ ख ६२५२ नम्बरको बसले महतोले चलाएको ना ४३ प ५०३ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

बसको ठक्करबाट घाइते भएका महतोको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । टाउकोमा चोट लागेका उनको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएकोे छ ।