माघ ३०, काठमाडौं — काठमाडौंको साँखुमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
काठमाडौं प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मृतकमध्ये सुशांक डोटेलको शंखरापुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। यस्तै, अन्य दुईजनाको एनएमसी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा परेको बा २ ख ७९५८ नम्बरको बस चाबहिलस्थित एसएस एकेडेमीले नगरकोट पिकनिकका लागि रिजर्भ गरेको थियो। नगरकोटबाट विद्यार्थीलाई फर्काउने क्रममा साँखु–नगरकोट सडकखण्डअन्तर्गत शंखरापुर नगरपालिका–५ स्थित कात्तिके क्षेत्रमा ब्रेक फेल भएर बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना बुधबार दिउँसो करिब ४ः४५ बजे भएको हो।
४० जना घाइते, विभिन्न अस्पतालमा उपचार जारी
दुर्घटनामा परी घाइते भएका ४० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन्।
पिपुल्स लाइफ केयर अस्पतालमा उपचाररत घाइतेहरूः
पिपुल्स लाइफ केयर अस्पतालमा उपचाररत घाइतेहरू:
- फिलिप लामा (१०)
- प्रज्ज्वल थापा (१०)
- भीम तामाङ (११)
- राम परियार (१६)
- सुजन मगर (१६)
- सिरिसा सुवेदी (१२)
- प्रकाश बम (१६)
- साधन विष्ट (१२)
- आराध्या शाह (१०)
- आशिष तामाङ (१५)
- स्नेहा राई (२१)
- गंगा ज्योति (४२)
- रञ्जित थापा (१३)
- सुहाना गुभाजु (१३)
- श्रीशान्त पौडेल (१५)
- कल्पना रेग्मी (३२)
- विकल्प श्रेष्ठ (१०)
- नाइस्का पाण्डे (२३)
- सुविता तामाङ (१४)
- निशान्त पौडेल (१४)
- सौगात मगर (१४)
- अबित खान (१०)
(अन्य दुईजनाको विवरण आउन बाँकी)
शंखरापुर अस्पतालमा उपचाररत घाइतेहरू:
- आदित्य सुनार (१२/१३)
- धीरज साउद (१४)
- सन्देश गिरी (१३)
त्यस्तै, एनएमसी अस्पतालमा १० जना र त्रिवि शिक्षण अस्पतालमा तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।