चितवन, चैत १ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुग्नुभएका उहाँले जलवायुका असरबारे ध्यानाकर्षण गराउनुभएको हो । मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय ९एफसिडिओ० द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुग्नुभएको हो । उहाँ बिहीबार साँझै बकिङ्घम दरबारमा राजा चाल्स् तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी हुनुभएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि बिहीबार दिउँसो मन्त्री ठकुरीले मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोणहरू प्रस्तुत गर्नुभएको थियो ।