२ गते चैत, शनिबार । चितवन

चैनपुर-सिद्धिपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा दल बहादुर सुनारले फराकिलो मतान्तरसहित अध्यक्ष पदमा विजय हासिल गरेका छन् । ४९० मत खसेको उक्त निर्वाचनमा सुनारले १८३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भएका थिए ।

अन्य प्रतिस्पर्धीहरूमा नेकपा ९एमाले०का ढलक कुमार लामाले १३२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका खड्ग बहादुर कार्कीले ९४ मत, र नेपाली कांग्रेसकी टीका गुरुङले ६९ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा १२ मत बदर भएको थियो ।

मतपरिणाम अनुसार, सुनारको जितलाई संस्थामा स्थिरता, समावेशिता र गुणस्तरीय सेवा प्रवाहका लागि महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ । निर्वाचनपछि अध्यक्ष सुनारले सफा खानेपानीको प्रभावकारी व्यवस्थापन, उपभोक्ताको सेवा सुधार, र दीर्घकालीन टिकाउ विकास योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्थानीय उपभोक्ताहरूले पनि सुनारको नेतृत्वमा संस्थाले गुणस्तरीय सेवा दिनेमा विश्वास व्यक्त गरेका छन् । यस जितसँगै सुनार र उनकी कार्यसमितिले आगामी कार्यकालमा नयाँ योजना र सेवा सुधारका लागि पहल गर्ने अपेक्षा गरिएको छ ।