बैशाख १, चितवन ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज भरतपुरको अध्यक्षमा बाबुराम छिनाल चयन भएका छन् । मुक्ति समाज भरतपुर महानगर कमिटीको सम्मेलनले छिनालको नेतृत्वमा सर्वसम्मतबाट २३ सदस्यीय महानगर कमिटी चयन गरेको हो । अध्यक्ष मण्डलको अध्यक्ष श्याम लाल बिक र सदस्यहरु कृष्ण नेपाली, सहदेव लकान्द्री, मिन बहादुर परियार, भुवन नेपाली प्यासी, विजय बिक, टेकलाल बिक रहेका थिए । अध्यक्ष मण्डलले सर्वसम्मतबाट नयाँ कमिटी चयन गरेको नेकपा एमाले प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । सम्मेलन उद्घाटन सत्रमामा नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठक, मुक्ति समाजका केन्द्रीय नेता श्याम लाल बिक, मुक्ति समाज चितवनका अध्यक्ष मिन बहादुर परियारले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मुक्ति समाजका केन्द्र, प्रदेश र जिल्ला नेताहरुका साथै नेकपा एमालेका प्रदेश र जिल्ला नेताहरुको उपस्थिति रहेको थियोे । सम्मेलनको उद्घाटन सत्र गुन्जमान बिकको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन बाबुराम छिनाल र स्वागत मन्तव्य कर्ण सिंह बिकले राखेका थिए ।