बैशाख १७, रत्ननगर ।
रत्ननगर । पूर्वी चितवन रत्ननगरमा सुरक्षित आप्रावासन९सामी० कार्यक्रम सम्बन्धी सरोकारबालाहरु बीच अन्र्तक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । रत्ननगरमा सञ्चालिन सुरक्षित आप्रावासन (सामी) कार्यक्रम अन्तर्गत गरिएको कामहरुको समीक्षा तथा प्रभावकारिताको विषयमा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सुरक्षित आप्रावासन९सामी० कार्यक्रमका स्रोत व्यक्ति विश्वास श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सुरक्षित आप्रावासन९समी० कार्यक्रमका जिल्ला संयोजक सुर्यप्रसाद पौडेलले बैदेशिक रोजगारीको बर्तमान अबस्था र स्थानीय तहमा सुरक्षित आप्रावासन कार्यक्रमको प्रभावकारिताको विषयमा सहजीकरण गरेका थिए । उनले राष्ट्रिय रुपमा कामको सिलसिलामा बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या, प्रदेश र स्थानीय तह सम्मको तथ्याङका प्रस्तुत गरेका थिए । उनले नेपालबाट श्रमस्विकृति लिएर प्रतिबर्ष पाँच लाख युवायुवती बैदेशिक रोजगारीमा जाने गरेको जानकारी दिए । उनले बैदेशिक रोजगारीले समाजमा पारेको असर र त्यसका सकारात्मक पक्षहरुको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । रत्ननगरमा सामी कार्यक्रमका स्रोत व्यक्ति श्रेष्ठले सुरक्षित आप्रावासन कार्यक्रम अन्तर्गत नगर स्तरमा भएका कामहरुको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि कार्यबहाक नगर प्रमुख कुलप्रसाद सापकोटा रहेका थिए । सामाजिक विकास समितिका संयोजक वालकृष्ण चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु अनन्त अधिकारी, आशिक तामाङ, कृष्ण चौधरी, किरण महतो, सजना महतो, रामकुमार चौधरी सहित विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।