असार १ , चितवन । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना र रत्ननगर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा सञ्चालित ६ दिने श्रव्यदृष्य तथा फोटोग्राफी तालिम सम्पन्न भएको छ। कार्यक्रमका सभापति तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले मन्तव्य राख्दै तालिमलाई आधारभूतमा मात्र सीमित नराखी उन्नत ९एड्भान्स० तालिम प्रदान गर्न नगरपालिका तयार रहेको बताउनुभयो।
उहाँले नगरपालिकाको उद्यमशीलता कार्यक्रमअन्तर्गत नेपाल बैंकसँगको सहकार्यमा बिनाब्याज लगानी गर्न तयार रहेको, तालिमलाई आयआर्जनसँग जोड्नुपर्ने र सिपलाई व्यावसायिक बनाउँदा सहज हुने कुरामा जोड दिनुभयो। कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ र पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। तालिमका प्रशिक्षक वरिष्ठ वातावरण तथा फोटो पत्रकार कमलचन्द्र भगतले सहभागीहरूलाई श्रव्यदृष्य र फोटोग्राफीको आधारभूत ज्ञान प्रदान गर्नुभएको थियो।
रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्व अध्यक्षहरू नारायणकाजी श्रेष्ठ र ज्ञान बहादुर विसुराल साथै, संघका कार्यसमिति सदस्यहरू बेद प्रसाद आचार्य, रविचन्द्र तिमिल्सीना र शम्शेर घामल्लेले समेत कार्यक्रममा सहभागिता जनाउनुभयो।