News

२० जेठ, चितवन ।

चितवनको माडी नगरपालिका–१ रहेको बोट होम स्टेमा यतिबेला पर्यटकको आवागमनले भरिभराउ छ । २०७७ सालमा गाउँमा ‘बोटे सामुदायिक होमस्टे’ खोलेपछि यहांका महिलाहरूको दैनिकी अहिले फेरिएको छ । गाउँमा होमस्टे खुल्नुभन्दा अगाडिसम्म दैनिक गुजारा चलाउनका लागि माछा मार्न जाने, जंगलमा घाँस–दाउरा खोज्ने र निहुरो टिप्ने काम गर्ने यहाका महिलाहरुको होमस्टे सञ्चालनमा आए संगै दैनिकि फेरिएको छ । हामेस्टेमा आउने पाहुनालाई मौलिक खाना मौलिक सांस्कृतिक कार्यक्रम देखाउन यहांका महिलाहरु व्यस्त देखिन्छन् । उनिहरु भन्छन् अहिले त अर्को जीवन पाएजस्तो भएको छ, होम स्टे सञ्चालनले बोटे महिलाहरुको जीवनमा पनिे परिवर्तन ल्याएको छ । पहिला दैनिक घाँस–दाउरा र माछा मार्न जाने यहांका महिलाहरु अहिले गाउँमा आउने पाहुनाहरूको स्वागत र सत्कारमा जुट्ने गर्छिन् । होमस्टे सञ्चालनबाट आएको रकमले जीवनमा थोरै भए पनि परिवर्तन ल्याएको छ । ‘होमस्टेबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घरव्यवहार चलाउने जस्ता काममा धेरै सजिलो भएको उनीहरुको भनाइ छ । होम स्टेले आर्थिक उपार्जनसँगै संस्कृति संरक्षणमा जोड दिएको छ । माडीको रिउ नदी तरेपछि मूल सडकको सेरुवा गेटबाट १५०० मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक होमस्टे पुगिन्छ । होमस्टे बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भूपरिधि कार्यक्रम (ताल) ले आर्थिक सहयोग गरेका छन् । १० लाखभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुई कोठाको होमस्टे बनाइएको छ । यस क्षेत्रमा १२ वटा होमस्टे छन् जहाँ एक रातमा ६० जनासम्म अटाउन सक्छन् । होमस्टेमा आउने पर्यटकलाई उनीहरूले आफ्नो संस्कृति अनुसार ‘बिन्ती बाटी’ (बोटे समुदायमा आफूभन्दा ठूला मान्यजन तथा पाहुनालाई गरिने सम्मान) गरेर स्वागत गर्दछन् । टीका र फूल दिएर स्वागत गर्दै बाँसैबाँसले बनाइएको सामुदायिक भवनमा लगेर राख्छन् । माछामा नै आश्रति रहेर जीविकोपार्जन गर्ने समुदाय भएकै कारण पर्यटकहरूलाई सुरुमा माछाको चोखा –अचार) र छ्याङ्ग दिएर स्वागत गर्छन् । बस्ने होमस्टेहरूसम्म पाहुनालाई लैजान्छन् । होमस्टेको एक रात बसेको ६०० रुपैयाँ र मासु सहितको खानाको ३०० रुपैयाँ लिन्छन् । पाहुनालाई हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादनहरू साग, निहुरोको तरकारी, माछाको आचार, घोंगी, बाँसको तामाको चोखा जस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकारहरू खुवाउने गर्दछन् । होमस्टेमा बसेका पाहुनालाई मनोरञ्जन दिन नाचगान लगायत सांस्कृतिक कार्यक्रम गर्छन् । सोहोर्ना, जगिया, गोलेनी, सोल्टी–सोलोटना, सोरठी, मारुनी लगायतका कला र नाचहरू प्रदर्शन गरिन्छ । यीमध्ये जगिया, सोहोर्ना, गोलेनी बोटे समुदायको परम्परागत संस्कृति झल्कने नाच हुन् । पाहुनाका लागि सांस्कृतिक प्रस्तुति दिनका लागि अलग्गै १५÷२० जनाको टिम नै बनाइएको छ । सांस्कृतिक कार्यक्रम हेर्नका लागि एउटा समूहले तीन हजार रुपैयाँ बुझाउनुपर्दछ । होमस्टे खुलेपछि बोटेको लोपोन्मुख संस्कृति संरक्षणमा टेवा पुगेको कोषाध्यक्ष जगनारायण बोटे बताउँछन् । पाहुनाहरूलाई होमस्टेबाट ५०० मिटर पर रहेको गोद्दकनाथ मन्दिर, १ किलोमिटर पर रहेको पाँचपाण्डव, डेढ किलोमिटर पर रहेको अष्टशिव लिङ्ग, ४ किलोमिटर पर रहेको परशुराम कुण्डसम्म भ्रमण गराइन्छ । होमस्टे संचालनमा आएसँगै स्थानीयले तरकारी खेतीसँगै कुखुरा, हाँस, बाख्रा र माछापालनलाई व्यावसायिक बनाउन थालेका छन् । गाउँमा समूह समेत गठन गरेर रकम संकलन गर्ने र व्यवसाय गर्न चाहनेहरूलाई ६ प्रतिशत ब्याजमा ऋण समेत दिने व्यवस्था गरिएको छ । काठमाडौं, पोखरा, भैरहवा लगायत ठाउँबाट आन्तरिक पर्यटक र जर्मनी लगायत देशबाट करिब १०० पर्यटक आएको होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले जानकारी दिए । होमस्टेबाट दुई वर्षमा ५ लाखभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए । होमस्टे सञ्चालनपछि स्थानीय महिलाको नेतृत्व र क्षमता विकास समेत भएको छ ।

 

२० जेठ, चितवन । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर लेखेको छ ।

हावडा(चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर(हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।

 ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताएका छन् । दुर्घटनामा परी करिब ९०० जना घाइते भएको बताइएको छ ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

जेठ १९, रत्ननगर । चितवनको सौराहामा दुर्लभ  लागि अन्तर्राष्ट्रियपाटेबाघभन्दा पनि सङ्कटापन्न अवस्थामा रहेको वन कुकुर (ढोँले) संरक्षणका सम्मेलन शुक्रबारदेखि सुरू भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाको सभाहलमा वन तथा वातावरण मन्त्रालयका सचिव रेवतीरमण पौडेलले एक औपचारिक कार्यक्रमका बीच सम्मेलनको उद्घाटन गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज सहित नेपालमा २५० को संख्यामा रहेको वन कुकुर विश्वभर २ हजार ५०० को हाराहारीमा रहेको अनुमान गरिएको छ ।

सन् २०१९ मा थाइल्यान्डमा पहिला अन्तर्राष्ट्रिय सम्मेलन गरेपछि वन कुकुरको अनुसन्धान सुरू गरिएको थियो । चार वर्षपछि चितवनको सौराहामा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत अम्बिका खतिवडाले जानकारी दिए । वन कुकुरको सङ्कटापन्न स्थितिलाई मध्यनजर गर्दै सन् २०१९ मा पहिलोपटक वन कुकुरको संख्या र आवासको संरक्षण मूल्याङ्कन कार्यका लागि थाइल्यान्डमा पहिलोपटक कार्यशाला गरिएको उनले जानकारी दिए ।

सौराहामा सुरू भएको सम्मेलनमा वन कुकुरको वैश्विक अवस्था, आहारा प्रजातिको व्यवस्थापन, बासस्थान संरक्षणहरुमाथि बृहत् छलफल गरी ‘वन कुकुर संरक्षण कार्ययोजना’ निर्माण गरिनेछ । सो सम्मेलनले वन कुकुर संरक्षणका लागि विश्वमै पहिलो कार्ययोजना तयार हुनेछ । सम्मेलनमा प्रोफेसर हिल कोबयाशीले वन्यजन्तुको अनुगमनका लागि नयाँ प्रविधिको प्रयोग, अर्जुन श्रीवास्तवले ‘रेड लिस्ट एसेसमेन्ट्स’, मार्टिन गिल्बर्टले वन कुकुरलाई लाग्ने रोग र रोकथामका उपाय तथा सुजन खनालले मानव–वन कुकुर द्वन्द्वका कारण तथा समाधानका उपायका बारेमा प्रतिवेदन प्रस्तुत गरेका छन् । दक्षिण एसियाली क्षेत्रमा पाइने वन कुकर (ढोँले) आइयुसिएनको रेड लिस्टमा ‘अति सङ्कटापन्न जाति’को रुपमा सूचीकृत बाघपछिको अति दुर्लभ स्तनपायी जनावर हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची र नेपालको राष्ट्रिय रातो सूची दुवैमा लोपोन्मुख संरक्षण स्थिति’मा सूचीकृत छ ।

उद्घाटन कार्यक्रमका प्रमुखअतिथि वन मन्त्रालयका सचिव पौडेलले सम्मेलनबाट तयार हुने कार्ययोजनाका आधारमा वन कुकुर संरक्षण योजना बनाउने बताए । सङ्कटापन्न अवस्थामा पुगेपछि वन कुकुरको संरक्षणका लागि अन्तर्राष्ट्रियस्तरमा चासो बढेको भन्दै उनले यसलाई जोगाउने दायित्व सरकारको पनि भएको बताए ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. नरेश सुवेदीले बासस्थान र आहारको अभावका कारण वन कुकुर नासिँदै गएको बताए । वन कुकुर रोग लागेरै मर्ने गरेको उनको भनाइ छ । ढोल वर्किङ ग्रुप (डिडब्ल्युजी)को आयोजना, राष्ट्रिय प्रकृति संरक्षण कोषको सहआयोजना गरेको सो सम्मेलनको नेपाल वन प्राविधिक संघको सहयोग रहेको छ । २४ गतेसम्म चल्ने सो सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता र वैज्ञानिकहरुको सहभागिता रहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीको अध्यक्षतामा भएका कार्यक्रममा वन विभागका उपमहानिर्देशक नवराज पुडासैनी, नेपाल पक्षी संरक्षण संघका पूर्वअध्यक्ष तथा जेडएसएल नेपालका प्रतिनिधि डा. हेमसागर बराल लगायतले मन्तव्य राखेका थिए ।

 

यो पनि पढ्नुहोस् ।

क्यानडीड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुप (डीडब्ल्यूजी) को आयोजनामा सप्ताहव्यापी ‘अन्तर्राष्ट्रिय वन कुकुर’ सम्मेलन नेपालको सौराहामा शुरु भएको छ । यही जेठ १८–२४ गतेसम्म सौराहामा हुने सम्मेलनमा वन कुकुर संरक्षणका काम गरिरहेका विश्वभरका १५ जना वन कुकुर संरक्षणकर्मीहरू उपस्थित भएकाछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सह–आयोजक रहको यस सम्मेलनमा नेपाल वन प्राविधिक संघले सम्मेलन सफल पार्न सहयोग गरेको छ ।
दक्षिण एसियाली क्षेत्रमा पाइने वन कुकर (ढोँले) आइयूसिएनको रेड लिस्टमा ‘अति संकटापन्न जाति’को रूपमा सूचिकृत बाघपछिको अति दुर्लभ स्तनपायी जनवार हो । क्यानडीड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुप (डीडब्ल्यूजी) का अनुसार विश्वभर वन कुकुरको घनत्व ४,५००–१०,५००को संख्यामा हुनसक्छ, जसमध्ये ९४९–२,२१५ वटासम्म वयस्क उमेर समूहका वन कुकुर रहेको अनुमान गरिन्छ । विशेषतः चीनको दक्षिणी भाग, भारत, भुटान, नेपाल म्यानमार, थाइल्यान्ड, कम्बोडिया, लाओस, मलेसिया र इन्डोनेसियामा वन कुकुरका विभिन्न प्रजातिहरू देखिएका छन् । तर, वन कुकुरको वितरण, सघनता र प्रजननक्रमको जानकारीको अभावका कारण दक्षिणपूर्वी एसियामा बेसी देखिएका यस जीवको वास्तविक अवस्थाबारे अन्यौलता रहेको थियो । तर, अब त्यो अन्यौलता हटेको छ ।

ढोँले वर्किङ ग्रुप के हो ?
आईयुसीएनको ‘स्पेसल सर्माइभल् कमिशन भन्ने समूह छ । सो समूह अन्तर्गत विभिन्न प्रजातिहरूका लागि विशेषज्ञहरूको समूह चयन गरिन्छ । ती विशेषज्ञहरूको समूहमध्ये ‘ढोल वर्किङ ग्रुप (डिडब्ल्यूजी)’ विशेषगरि वन कुकुरसँग सम्बन्धि काम गर्ने लाइफमाइन्डेड वातावरणकर्मीहरूको समूह हो । हाल आईयुसीएनको क्यानिड स्पेसलिस्ट ग्रुपअन्तर्गत डिडब्ल्यूजीले वन कुकुर संरक्षण क्षेत्रमा काम गरिरहेको छ । यस समूहको संयोजक थाइल्यान्डकी लुचारिन सोन्गसेन हुन्, जो स्मिथसोनियन संरक्षण जीवज्ञान संस्थानसँग आबद्ध छिन् ।

 अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलन २०२३ः
वन कुकुरको संख्या एवम् गणना निर्धारण गर्दै आवश्यक पारिस्थितिक प्रणाली निर्माण गर्नका लागि यस सम्मेलन महत्त्वपूर्ण सिद्ध हुने ढोल वर्किङ ग्रुपका लागि नेपालको सदस्य एवम् यस सम्मेलनका संयोजक डा। अम्बिकाप्रसाद खतिवडाले बताए । “वन कुकुरसम्बन्धि वैश्विक दृष्टिकोण निर्माण गर्न, यसको वितरण निश्चित गर्न, वन कुकुर सम्बन्धि विभिन्न देशबाट आएका जानकारीहरूको संकलन, सूचिकृत एवम् अद्यावधिक गर्नेछौँ”, उनले बताए ।
सम्मेलनले वन कुकुर–मानव द्वन्द्वका विभिन्न आयामहरू, वन कुकुर संरक्षणका मौजुदा विधिको मूल्यांकन एवम् त्रुटिरहित बनाउने सम्मेलनका अर्का संयोजक सुजन खनालले बताए । खनाल वन कुकुरको संरक्षणका लागि ५ वर्षदेखि क्रियाशील छन् भने खतिवडाले सन् २०१० मा वन कुकुरमै स्नातकोत्तर गरेका छन् ।
सम्मेलनमा के–के हुनेछ ?
वन कुकुर संरक्षणमा काम गरिरहेका विभिन्न देशका प्रतिनिधिहरूको आपसी भेटघाट र अन्तरक्रियाले वन कुकुरको संरक्षणका विविध आयामहरूबारे प्रष्ट हुनेछ । पहिलो दिनको परिचयात्मक भेटघाट हुनेछ भने दोस्रो दिनदेखि संरक्षणकर्मीहरूले आ–आफ्नो देशमा वन कुकुरको अवस्था एवम् वितरणबारे खुलस्त पार्नेछन् । विभिन्न देशका प्रतिनिधिहरूले आ–आफ्नो देशमा वन कुकुरको अवस्था, संख्या, वितरण, आहाराको उपस्थिति एवम् संरक्षणका लागिने गरिनुपर्ने कार्यहरू जानकारी साझा गर्नेछन् । वैश्विक रूपमा संकटापन्न प्रजातिमा सूचिकृत वन कुकुरको रेडलिस्ट तयार गरिनेछ ।
सम्मेलनमा बंगलादेशबाट आकाश मुन्तासीर, भुटानबाट टीबीडी, चीनबाट गुआन ताइपेइ, भारतबाट गिरीश पन्जाबी, इन्डोनेसियाबाट स्याण्डी नर्भीयान्तो, मलेसियाबाट तान चेङ् चेङ्, म्यानमारबाट न्वागे ल्विन, नेपालबाट डा अम्बिका प्रसाद खतिवडा र सुजन खनाल र थाइल्यान्डबाट ख्वानरुताइ चारास्पेत लगायतका वन कुकुर संरक्षणकर्मीहरूको उपस्थिति रहेनछ ।
‘वन्यजन्तु मोनिटरिङुतर्फ के–कस्ता नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ’ भन्ने सन्दर्भमा प्रोफेसर हिल कोबयाशीले आफ्ना कुराहरू राख्नेछन् । अर्जुन श्रीवास्तवले ‘रेड लिस्ट एसेसमेन्ट्स’ गर्नेछन् । सम्मेलनमा मार्टिन गिल्बर्टले वन कुकुरलाई लाग्ने रोग र रोकथाममा उपायहरूबारे प्रस्तुति दिनेछन् भने सुजन खनालले मानव–वन कुकुर द्वन्द्वका कारण एवम् समाधानमा पाटाहरूलाई अगाडि सार्नेछन् ।

 नेपालमै यो सम्मेलान किन गरिँदै छ ?
भू–संरचनाका हिसाबले भारतमा वन कुकुरको संख्या बढी रहेको छ । तर, विश्वभरका कुनै पनि संरक्षण क्षेत्रमा वन कुकुरको संख्या २५० भन्दा बढी देखिएको छैन । संरक्षण क्षेत्रमा कुनै पनि दुर्लभ जीवजन्तुको संख्या २५० रहनुलाई ‘भ्यालुएबल पपुलेसन’मान्ने गरिन्छ । ‘भ्यालुएबल पपुलेसन’ रहेको खण्डको सो जीवजन्तु लोप भएर गइहाल्ने खतरा रहँदैन । तर दुर्भाग्य, कहीँ पनि संरक्षण क्षेत्रमा वन कुकुरको संख्या २५० पुगेको आधिकारिक जानकारी उपलब्ध छैन । नेपाल क्षेत्रफलको हिसाबले सानो देश भएता पनि वन कुकुर चितवनदेखि कन्चनजङ्गा समेत देखिएका छन् । नेपालको लो–ल्याण्ड ६७ मिटरको तराइ क्षेत्रदेखि ५ हजार मिटरसम्मको उचाईमा वन कुकुर पाइएका छन् । वन कुकुर पाइएसँगै यसको संरक्षणका लागि नेपालका वन कुकुर संरक्षण अभियन्ताहरू पर्याप्त चासो देखाएकाले पनि यो सम्मेलन नेपालको चितवनको सौराहामा भइरहेको हो ।

 सम्मेलनको उपलब्धिमुलक हुने विश्वास

राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र (एनटीएनसी) नेपालका सदस्य सचिव शरद अधिकारीले वन कुकुरको बिषयमा नेपालमात्र नभई विश्वमा नै सिमित अध्ययन भएको बताए । बाघ संरक्षण जे जसरी विश्वनै लागेको छ, त्यसै हिसाबले वन कुकुरको संरक्षणका लागि लाग्नु पर्ने अवस्था आएको उनले बताए । कोषले पनि नेपालमा वन्यजन्तु र जैविक विविधता संरक्षणमा बर्षौ देखि काम गर्दै नै आइरहेको छ ।
वन कुकुरका बिषयमा यहि सुक्रबार९जेष्ठ १८ गते०बाट चितवनको सौराहामा हुन गईरहेको अन्तराष्ट्रिय सम्मेलनबाट कोष उत्साहित भएको उनले बताए । वन कुकुरसँग सम्बन्धी अध्ययन गरिरहेका विभिन्न देशका विज्ञहरूको उपस्थितिले वन कुकुरको बारेमा थप अध्ययन अनुसन्धान हुने विश्वास आफुले लिएको उनले बताए । सम्मेलनबाट विश्वभरि नै राम्रो सन्देश जाने उनको भनाई छ । सम्मेलनबाट प्राप्त उपलब्धिहरूलाई मध्यनजर गरि अघि बढ्यौँ भने वन्यजन्तु एवम् जैविक विविधता संरक्षणको क्षेत्रमा एक महत्त्वपूर्ण विधा थपिने उनले बताए ।
चरामा विद्यावारिधि गर्ने पहिलो नेपाली चरा, वन्यजन्तु र जैविक विविधताका जानकार डा। हेमसागर बरालले पहिला विश्वका ९ वटा जति मुलुकमा ढोँल९वन कुकुर० धेरै नै पाइने भएपनि यो लोप हुँदै गएको अवस्था रहेको बताए । यसको संरक्षणका प्रयास, जनचेतना फैलाउन र नीति निर्माण तहमा काम गर्न नसकैकै कारण यो लोपहुँदै गएको उनको बुझाई छ । वन कुकुरकै बिषयमा नेपालमा अन्तराष्ट्रिय सम्मेलन हुनु भनेको ढोँल९वन कुकुर०संरक्षण प्रतिको एउटा महत्वपूर्ण कदम हुने उनले विश्वास लिएका छन ।

 

 

 

 

 

 

 

Subcategories