News

जेठ १५, काठमाण्डौं।  १६ औँ गणतन्त्र दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइँएको छ । दिवसका अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको थियो । समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत समेत गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गर्नुका साथै सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरेका थिए । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल , उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सवैधानिक निकायका प्रमुख लगाएको उपस्थीति रहेको थियो । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि गणतन्त्र दिवस मनाउदै आइएको छ । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

जेठ १४, भरतपुर । सहकारी संस्थामा महिला तथा युवाको सहभागिता र सशक्तिकरण अपरिहार्य रहेको सरोकारवालाहरुले बताएका छन् । चितवन बचत तथा ऋण सहकारी संघ लिमिटेड (चिस्कुन) र सञ्जालीकृत व्यवसायीक साकोस सर्वोत्कृष्ट संघद्धारा संयुक्त रुपमा आयोजित ‘सहकारीमा महिला तथा युवाको सहभागिता र सशक्तिकरणको धारिलो अस्त्र’ विषयक गोष्ठीमा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले आफैले नियमन र नियन्त्रण गर्न सकेमा मात्रै सहकारी फस्टाउन सक्ने बताए । ‘देशको अर्थतन्त्रलाई टेवा पु¥याउनको निम्ती पूँजी संकलन गरी ‘रोजगारीका निमित्त विदेशिएका युवालाई केन्द्रमा राखेर सहकारीले रोजगारीको अवसर दिनुपर्ने अधिकारीले बताए ।

भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलले सहकारी आत्मनिर्भरता तय गर्ने पेशा भएकाले सहकारीमा महिला र युवाको उल्लेख्य मात्रामा सहभागिता बढाउनुपर्ने बताए । ‘विश्वसनीय सहकारीमार्फत कारोबार गरौँ, नीति, नियममा हिँड्न सहकारीलाई खबरदारी पौडेलको भनाइ थियो ।

त्यस्तै केन्द्रिय बचत तथा ऋण सहकारी संघ नेपालका महासचिव दामोदर अधिकारीले सहकारीले द्धन्द्धकाल, भुकम्प, कोभिडकाल जस्ता समस्याहरुमा पनि बहुआयामिक तरिकाले गरिबी कम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । समुदायको समृद्धिको लागी खोलिएका संस्था भएकाले सहकारीमा युवामैत्री कार्यक्रम हुनुपर्ने उनको भनाई थियो । महिलाले आफ्नै कमाईबाट मासिक बचत गर्न नसक्ने हो भने महिला सशक्तिकरणको कुरा नारामा मात्रै सिमित रहने उनले बताए । कार्यक्रमकी प्रमुख प्रशिक्षक तथा वरिष्ठ पत्रकार बबिता बस्नेतले महिला, युवा, सशक्तिकरण र सहकारी आन्दोलनका विषयमा प्रशिक्षण दिएकी थिइन् । उनले नेपाली महिला र युवाको लागि सहकारीमा संक्रमणकाल रहेको बताइन् । सहकारीले युवा पुस्तालाई आधुनिक प्रविधिसँग जोडेर अनलाईनबाट नै सहभागी हुने व्यवस्था गर्नु आवश्यक छ, बताइन् । पैसा हुँदा र नहुँदाको आत्मविश्वास बोलाइ र हिँडाइमा हुने भएकाले पैसा कमाउने, जोगाउने र सानो–सानो बचत गर्न महिलाले सिक्नुपर्ने बस्नेतको भनाइ थियो । सहकारीबाट निकालेको ऋणलाई लगानीमा परिणत गर्न सक्नुपर्ने उनले बताइन् । ‘कर्जा निकालेर विवाह, व्रतबन्ध जस्ता कार्यक्रम गर्न आवश्यक छैन,’ उनले भनिन्,। सर्वेश्वर साकोस भरतपुरकी सञ्चालक सदस्य उमा पाठकले महिलाले उत्पादन गरेको सामान विक्रि गर्ने ठाउँ नपाएको बताइन् । सहकारीले त्यस्ता सामाग्री विक्री गर्ने व्यवस्था मिलाउन सके आर्थिक मन्दी खेप्न नपर्ने धारणा व्यक्त गरिन् ।
त्यस्तै अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्थाकी सदस्य सिता रेग्मी काफ्लेले आर्थिक मन्दीले व्यवसाय धरासायी भएकोले आम्दानीको स्रोत घट्दै गएको बताइन् ।

 

जेठ १४, काठमाण्डौ ।

मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिणगेट अगाडी प्रदर्शन गरेको छ ।
समाजले शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकार ः सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर लगाएतका नारा लगाउदै प्रदर्शन गरेको हो । सो क्रममा प्रदर्शन गर्ने अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरु चन्द्रमणि बञ्जारा, नम्रता खरेल लगाएतलाई नियन्त्रणमा लिएको समाजले जनाएको छ ।

Subcategories