News

२० चैत, चितवन । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए । केही साताअघि फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए । सोमबारको मन्त्रिपरिषद्‍को निर्णयसँगै अब चितवनको क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।

२० चैत, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यको हरेक निकायमा महिलाको प्रतिनिधित्वका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

सोमबार ललितपुरमा सञ्चारिका समूहको २६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री शर्माले कानुनमा बाध्यकारी व्यवस्था नभएसम्म महिलाले अवसर पाउने अवस्था नभएको उल्लेख गर्दै यसका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो । उहाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको उदाहरण दिदै कानूनमा रहेका केहि छिद्रका कारण महिलाको अधिकार खोसिने समस्या उत्पन्न भएको जिकिर गर्नुभयो । मन्त्री शर्माले सञ्चारमाध्यममा महिलाहरुले भोग्नुपरेका समस्याहरुलाई समाधानका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा अग्रज सञ्चारकर्मी लगाएत बिभिन्न सञ्चारकर्मीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

 

२० चैत, काठमाडौं।

 

सामसुङले नारायणघाटमा भएकोआफ्नो डिलरमीटमा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि लन्च गरेको छ । सामसङ्गले नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिलाई बजारमा उपलब्ध गराएको छ । लोकप्रिय ए–सिरिजका २ वटा नवीनतम फोनहरु अद्भूतक्यामराहरु र विशेषताहरुको लागि परिचित छन्, जसले प्रयोगकर्ताहरुलाई तिनको अद्भूत पर्फरमेन्स र उपयोगीताका साथ अचम्मित तुल्याउने गरी बनाइएको छ । उत्कृष्ट बनावट र अनुभूति एवं टिकाऊ पनाको लागि गरिएको डिजाइनका साथ ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जि लाई धेरै समय सम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरुले ग्राहकहरुका लागि पहिलो रोजाई बनाइदिएको छ ।
ए सिरिजमा मा थपिएका दुई नयाँ स्मार्ट फोनहरु,Galaxy A34 5G / Galaxy A54 5G छन् हालै नेपाल अधिराज्य भरी रिलिज  भएका छन् । क्षेत्रीय वितरक र डिलरहरूको उपस्थितिमा सिराइचुली होटेलमा, २९ मार्चमा भएको डिलर मीटमा यी स्मार्ट फोनहरु लन्च गरिएको थियो । ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिमा फ्लोटिङ्ग क्यामराका साथसाथै मोबाइलको रङ्ग संग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि रहेको छ । ग्यालेक्सी ए–सिरिजमै पहिलो पटक ए५४ ५जि मा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ । ग्यालेक्सी ए५४ ५जि ३ रङ्गहरु कालो, हरियोर बैजनी रङ्गमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जिपनिकालो, हरियो र सिल्भर गरी ३ रङ्गहरुमाउपलब्ध छ ।
ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिको निर्माण लामो समय सम्म टिक्ने गरी गरिएको छ । यीमोबाइलहरु ३० मिनेटसम्म एक मीटर पानीमा डुब्दा पनिक्षतिनहुने खालका छन्, जसको लागियसले आइपि६७ रेटिङ्ग पाएको छ । यसका साथै अझै बलियो बनाउनका लागि यी मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन् । यी दुवै मोबाइलहरुका डिस्प्ले कर्निङ्ग गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध छन्, जसले कोरिन दिंदैन र खस्दा समेत फुट्ने सम्भावना रहन्न । ग्यालेक्सी ए५४ ५जिको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ । ग्यालेक्सी ए५४ ५जि ५० एमपि ओआइएस प्राइमरी लेन्स सहित १२ एमपिको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भनें ए३४ मा ४८ एमपि ओआइएस प्राइमरी लेन्स र ८ एमपिको अल्ट्रा वाइड लेन्स रहेको छ । ब्लर–लेस नाइट फोटो÷भिडियोले पहिलेका फोनहरुको दाँजोमा १.६ गुना व्यापक ओआइएससंग फोटोको स्थिरतालाई बढाइदिन्छ र भिडियोको स्थिरता पनि ४ गुना सम्म बढाइदिन्छ, यसैले प्रयोगकर्ताहरुले अन्धकारमा पनि स्पष्ट रुपमा फोटो÷भिडियो खिच्न सक्नेछन् ।
प्रयोगकर्ताहरुले अब कम प्रकाशको सेटिङ्गमा समेत छिटो फोकस गर्न सक्ने ‘१००% अलपिक्सेल अटो फोकस’का साथमा तीक्ष्ण न्यूनप्रकाश सट लिन सक्नेछन् । ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिदुवै अटो फ्रेमिङ्गका साथउपलब्ध छन्, जसले भिडियो रेकर्डिङ्गको दौरानमा हरेक पटक स्थिर र ५ जना सम्मलाई एक साथ जूम गर्न र दृश्यको कोण स्वतः समायोजन गरिदिन्छ । दुवै मोडलहरुमा ५ एमपिको माइक्रो लेन्स पनि जडान गरिएका छन् । फ्ल्याग्शिप सिरिजहरुमाअति नै मन पराइएको नाइटोग्राफि विशेषता ग्यालेक्सी ए५४ ५जि र ग्यालेकसी ए३४ ५जिमा समावेश गरेर अझ बढी पहुँच योग्य बनाइएको छ । यसले प्रयोगकर्ताहरुलाई कम प्रकाशमा पनि तेजिलो फोटो तथा भिडियोहरु खिच्न सजिलो बनाइदिन्छ । फोनहरुमा अटो नाइट मोड पनि छ, जसले न्यून प्रकाशको अवस्थालाई स्वचालित रुपमा समायोजित गरिदिन्छ, यसले गर्दा प्रयोगकर्ताले म्यनुअल्ली क्यामराको मोड बदल्ने कार्य गर्नु पर्दैन ।
दुवै डिभाइसहरुको डिस्प्लेमा सुपर एमोलेड प्रविधि र न्यूनगरिएका प्रवणित धारहरुका साथमाजीवन्त रङ्गहरुको विशेषता रहेका छन् । १२० हर्जको रिफ्रेस दर भएका दुवै उपकरणहरुमा तीव्र गतिको चालमा पनि एक एक दृश्य परिवर्तनहरुलाई अविश्वसनीय रुपमा सहजता प्रदान गर्दछ । यसकाअतिरिक्त समायोजित रिफ्रेस दरले ब्याट्रीको प्रभावकारिता अधिकतम गरिदिन्छ, जब कि भिजन बूस्टरले चहकिलो घामको प्रकाशमा पनि दृश्यावलोकन वृद्धि गरिदिन्छ । प्रयोगकर्ताको आँखाको संरक्षणका लागि क्वीक प्यानलमा आइ कम्फर्ट सील्ड पनि राखिएको छ ।
ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिको ध्वनि क्षमतामा समेत सुधार गरिएको छ, जसको लागि यसमा सुधारिएको ठूलो आवाज, गहन बेस संरक्षण र डल्बी निर्मित स्टेरियो स्पीकरहरु राखिएका छन् ।यसले गर्दा श्रवणको अनुभव एक उत्कृष्ट ढँगको हुनेछ । ५००० एमएएच ब्याट्री जडित ग्यालेक्सी ए५४ ५जि र ग्यालेकसी ए३४ ५जि २ दिनभन्दा बढीसम्म एक पटककै चार्जबाट चलायमान हुन सक्छ । ग्यालेक्सी ए५४ ५जि र ग्यालेकसी ए३४ ५जिमा ह्याप्टिक प्रतिक्रिया तथा विस्तार योग्य भर्चुअल मेमोरीद्वारा अझ सुधार गरिएको हुँदा यसको पर्फरमेन्स क्षमताझनै बढेको छ । दुवै डिभाइसहरुमा एउटा अतिरिक्त माइक्रो एस डि कार्डसहित १ टिबिसम्म क्षमता विस्तार गर्न मिल्ने स्टोरेज क्षमता रहेको छ ।
ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिले सामसङ्गको डिफेन्स ग्रेड सुरक्षाप्लेटफर्म नक्सका साथमा सुरक्षाको सुनिश्चित्ता दिन्छ, जसले तपाईंको व्यक्तिगत डाटालाई सोही समयमा सुरक्षा दिन्छ । ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिमा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस स्तरोन्नतिहरुको ग्यारेन्टी पनि दिइएको छ, य
पछिल्लो ए–सिरिज लन्चको मा, सामसङले पहिलो पटक २५६ जीबी मेमोरी भेरियन्टलाई रु ६०,००० प्राइसमा प्रस्तुत गर्दैछ, जसले किफायती मूल्यमा उच्च प्रदर्शन उपकरणहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई सङ्केत गर्दछ। दुवै ग्यालेक्सी ए५४ ५जिर ग्यालेक्सी ए३४ ५जि २ वटा मेमोरी प्रकारहरुमा उपलब्ध छ, जस मध्ये ग्यालेक्सी ए५४ ५जिको ८ जिबि ¥याम र १२८ जिबि आन्तरिक स्टोरेज भएकोलाई रु ५६, ९९९ रुपैयाँ पर्छ भनें ८ जिबि ¥याम र २५६ जिबि आन्तरिक स्टोरेज क्षमता भएकोको मुल्य रु ५९,९९९ रुपैयाँ तोकिएको छ । यस्तै ए३४ ५जिको ८ जिबि ¥यामर १२८ जिबि आन्तरिक स्टोरेज भएकोको मुल्य रु ४५,९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडि कार्डको प्रयोग मार्फत् १ टिबि सम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ ।

 

 

Subcategories