News

११ वैशाख, चितवन । चितवन २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत उम्मेदवार छन् ।

२ वैशाख, रत्ननगर । बन्यजन्तु सप्ताह २०८० को दोस्रो दिन शनिबार बुढिराप्ती नदी सरसफाई गरिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको अगुवाइमा बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनको व्यवस्थापनमा रत्ननगर वडा नं ७ अन्तर्गत पर्ने सो नदीको पडरिया क्षेत्र सरसफाई गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ का वडाध्यक्ष सजन महतोले सरसफाई कार्यक्रमको उद्घाटन गरेलगतै संरक्षणकर्मी र स्थानीय पडेरिया थारु आमा समुहका महिलाहरुले नदी र नदी किनार सरसफाई गरेका थिए । कार्यक्रममा सहभागीहरुले नदीमा फालेका प्लाष्टिक र सिसाजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेको मृगकुञ्ज उपभोक्ता समितिकी सदस्य सरस्वती लामाले जानकारी दिइन् । सो अबसरमा मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संकटापन्न अबस्थामा पुगेको गोही सहित जलचरको रक्षाका लागि नदी प्रदूर्षणहुनबाट जोगाउनु पर्ने बताए । उनले सप्ताहमा संरक्षण र जीविकोपार्जनका लागि गर्नुपर्ने प्रयास र वन्यजन्तुबाट जोगिने उपायका बारे सरोकारबाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरी योजना निर्माणमा समाबेश गर्ने बताए । बाघमाराका अध्यक्ष जीतु तामाङले नदी किनार र सार्वजनिक स्थानमा फोहोर डम्पिङ गर्ने कामको अन्त्य हुनुपर्ने बताए । बुढीराप्ती नदीमा दुर्भल गडियाल र मगर गोही रहेकाले नदी सरसफाईमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताए । स्थानीय सरकारले फोहोर कहा व्यवस्थापन गर्ने भन्ने विषयमा एकीन गर्नुपर्ने भन्दै उनले वन र नदी किनारमा फोहोर व्यवस्थावन गर्दा वन्यजन्तुका असर परेको उनले बताए । कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरी, निकुञ्जका सौराहा सेन्टर प्रमुख शरदमणि पौडेल, जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतो, मिलीजुली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष मेघनाथ पौडेल, वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टीका गिरी, सरसफाई अभियान्ता ज्ञानेन्द्रराज पाण्डे लगायत नेपाली सेना, समुदायमा आधारित चोरी शिकार नियन्त्र युवा जागरण अभियान बछौलीका प्रतिनिधिहरुको लगायतको सहभागिता रहेको थियो ।

 

२ वैशाख, रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

 

Subcategories