चितवन, जेठ १८ । राजधानीमा संयुक्त राष्टसंघीय बालअधिकारको सञ्चार प्रतिक्रिया सम्वन्धि तेस्रो इच्छाधीन आलेख अनुमोदनका लागि क्रियाशील सञ्जाल बालअधिकार समिति, मानवअधिकार सन्धिअनुगमन समन्वय केन्द्रद्वारा नेपालले बालअधिकारको सञ्चार प्रतिक्रियासम्वन्धि तेस्रो इच्छाधीनआलेख अनुमोदनको सान्दर्भिकता विषयकअन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुरस्थित हिमालय होटलमा सञ्चालित सो कार्यक्रम सञ्जालको संयोजन गरिरहेको बालअधिकारका क्षेत्रमा क्रियाशलि संस्था चाइल्ड नेपालले आयोजना गरेको सो अन्तक्र्रिया कार्यक्रममा अध्ययनको प्रारम्भिक मस्यौदामाथि बाल अधिकारसँग सरोकार राख्ने नेपाल सरकारका निकायहरु, मानव अधिकार अनुगमनकारी संवैधानिक निकायहरु एवं बालअ धिकारसंग प्रत्यक्ष सरोकार राख्ने नागरिकसमाजका संघ, संस्थातथा सञ्जालहरुसँग अध्ययनको प्रारम्भिक मस्यौदामाथि छलफल भएको हो ।
छलफलमा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोयका अध्यक्ष तपबहादुर मगर, विशिष्ट अतिथिहरू क्रमस राष्ट्रिय महिला आयोगका अध्यक्ष,कमला पराजुली, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्मा, आदिबासी, जनजाती आयोगका अध्यक्ष, रामबहादुर थापामगर, मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त, थारू आयोगका अध्यक्ष, विष्णुप्रसाद चौधरी, राष्ट्रिय बालअ धिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले मन्तब्य राख्नुभएको थियो ।
त्यस्तै, विशेष अतिथिहरू राष्ट्रिय मानवअधिकार अयोगका पूर्व आयुक्त प्राध्यापक कपिल श्रेष्ठ तथा गौरी प्रधान एवं इन्सेकका अध्यक्ष डा.कुन्दनअर्याल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलयका प्रवक्ता यमलाल भूषाल, राष्ट्रिय बालअधिकार परिषदका सदस्य सचिव, इन्द्रा ढकाल, मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका उप सचिव मणिराम ज्ञवाली, गृहमन्त्रालयका प्रतिनिधि विजय महर्जनका साथसाथै सहभागी बालअधिकारका क्षेत्रमा कृयाशील नागरिक समाजका संघ संस्थाहरुका सञ्जालका,प्रमुख, संयोजक तथा प्रतिनिधिहरू,माधव प्रधान, कुमार भट्टरई, तिलोत्तम पौडेल, राजेश शर्मा, रविन नेपाली, प्रदीप लामिछाने, अशोक खनाल, राजेन्द्र पहाडी, डा.बाबुरामअधिकारी लगाएतका सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममासह प्राध्यापक कपिल अर्यालबाटओपिथ्रीसि आरसीको सान्दर्भिकता सम्बन्धि अध्ययनको प्रारम्भिक मस्यौदा प्रस्तुत गरिएको र मस्यौदा सम्बन्धि बाल अधिकार सम्बद्घ सहभागीहरूले गम्भीर बिमर्श गर्नुका साथै रचनात्मक सुझावहरु पनि प्रस्तुत भएका थिए । प्राप्त सुझवहरुलाई पनि समावेश गरेर अध्ययन प्रतिवेदनलाई पूर्णता दिने र सहभागी सबै संवैधानिकआयोगहरु, राष्ट्रिय बाल अधिकार परिषद, सञ्जाल तथा संघ संस्थाहरुका तर्फबाट संयुक्त राष्टसंघीय बाल अधिकार महासन्धिको सञ्चार प्रतिक्रिया सम्वन्धि तेस्रो इच्छाधीन आलेख अनुमोदनका लागि संयुक्त रुपमा क्रियाशील हुने प्रतिबद्धता ब्यक्त गरिएको छ ।
विकास साझेदार संस्थाहरु सेभ द चिल्ड्रन, के.एन्. एच. जर्मनीर ताइवान फउण्डेशनको पनि सहयोग र सहकार्यमा सम्पन्न त्यस कार्यक्रममा बालबालिका राष्ट्रिय गौरव सम्बन्धि पृष्ठभूमिका बारेमा जानकारी गर्नुहुँदै कार्यक्रमका विशेष वक्ता गौरी प्रधानले सो आयोजक सञ्जालका संयोजक तथा कार्यक्रमकाअध्यक्षडा.कृष्ण सुवेदीका साथै शिक्षाका लागि अभियानकाअध्यक्ष राजेन्द्र पहाडीलाई “बालबालिका राष्ट्रिय गौरव”सम्बन्धि सन्देश पट्ट हस्तान्तरण गर्नुभएको थियो ।