हंस बहुउद्देश्यीय सहकारी संस्थाको २० औ साधारण सभा सम्पन्न
मंसीर २६, चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को २० औ साधारणसभा तथा १४ औ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका कार्यबाहक नगर प्रमुख अधिकारीले राजनीतिमा जस्तै सहकारी क्षेत्रमा पनि खिचातानी हुँदा सहकारीहरु प्रतिको महत्त्व दिन प्रति घट्दै गएको बताउनु भयो । छिमेकी राष्ट्र भारत सहकारी कै कारण समृद्व हुँदै गएको उल्लेख गर्नुहुदै कार्यबाहक नगर प्रमुख अधिकारीले सहकारी बिकासोन्मुख देशको मात्र नभई विकसित देशको पनि अर्थ खम्बा भएको प्रष्ट पार्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले अध्यक्षको प्रतिवेदन, सचिव शारदा शर्मा पौडेलले सचिबको प्रतिवेदन र कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । त्यस्तै गोबिन्दप्रसाद पौडेलले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाबुराम अधिकारीले ऋण उप समितिको प्रतिवेदन, देशबन्धु अधिकारीले शिक्षा उप समितिको प्रतिवेदन र प्रा .डा. होमनाथ सापकोटाले पदपूर्ति उप समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा भरतपुर १ का वडा अध्यक्ष केशव मर्हर्जन, चितवन उधोग संघका अध्यक्ष सुर्य न्यौपाने, जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष प्रेम नाथ दुवाडी, भरतपुर महानगरको सहकारी शाखा प्रमुख रोजि के .सि लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा जेष्ठ शेयर सदस्य सुनिता देवि गौतमलाई जेष्ठ शेयर सदस्य सम्मान र अबिरल अधिकारीलाई खुत्रुके बचत सम्मानबाट सम्मानित गरिएको छ । त्यसै गरि उत्कृष्ट मासिक बचत, उत्कृष्ट मुद्दती बचतकर्ता, उत्कृष्ट दैनिक बचतकर्ता, उत्कृष्ट नारी बचतकर्ता र उत्कृष्ट बचतकर्ताबाट केही शेयर सदस्यहरुलाइ सम्मान समेत गरिएको छ ।