News

चितवन,असोज १६ ।

चितवनसहितपश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५।३ म्याग्निच्यूटको भूकम्प गएको हो । यस्तै ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

 

रत्ननगर,५ भदौ ।

इ प्लानेट कन्सल्टेन्सीले आफ्नो १७ औं शाखा रत्ननगरको बकुलहरमा शुभारम्भ गरेको छ । शाखाको आइतबार रत्ननगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटाले उद्घाटन गर्नुभयो । उद्‌घाटन कार्यक्रममा बोल्दै कल्सल्टेन्सीका कार्यकारी निर्देशक नयन लामिछानेले उच्च शिक्षा अध्ययनका लागि इ प्लानेट उत्कृष्ट गन्तव्य भएको बताउनु भयो । विदेश जान चाहने विद्यार्थीहरुमा भएको अन्योलता हटाउन इप्लानेटले सहि परामर्श दिइरहेको उहांको भनाइ छ । लामिछानेले पछिल्लो समय नेपालमा देखीएको राजनैतिक अस्थिरताका कारणले विदेश जान चाहने विद्यार्थीहरुको संख्या बढेको भन्दै विद्यार्थीहरुले विदेशमा आर्जन गरेको शिक्षा र सिकेको सिप नेपालमा फर्केर सदुपयोग गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटाले रत्ननगरका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि नारायणगढ, काठमाण्डौका कन्सल्टेन्सीमा जानुपर्ने बाध्यता हट्ने विश्वास ब्यक्त गर्दै इ प्लानेटको रत्ननगर शाखालाई सफलताको शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा इ प्लानेट रत्ननगर शाखाका प्रमुख सिपी अधिकारीले विद्यार्थीका अभिभावकलाई आफ्ना छोराछोरी विदेश पठाउनका लागि बुझेर कल्सल्टेन्सीको छनौट गर्न सुझाव दिनुभयो । उहांले रत्ननगर र आसपासका विद्यार्थीहरुको चाहनालाई मध्यनजर गर्दै बकुलहरमा शाखा सुभारम्भ गरेको बताउँदै रत्ननगर शाखाले विद्यार्थीको विश्वास जित्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाण्डौमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीको भारतमा र अष्ट्रेलियामा समेत शाखा रहेको छ । भारतमा ४ र अष्ट्रेलियामा ३ शाखा रहेको कल्सल्टेन्सीले नेपालको मुख्य शहरहरू बुटवल, इटहरी, पोखरा, कावासोती, ललितपुर, हेटौडा, बनेपा लगायतका शहरहरुमा १० वटा शाखा स्थापना गरिसकेको छ । कल्सल्टेन्सीले अष्ट्रेलिया, क्यानडा, अमेरिका, वेलायत, न्युजिल्यान्ड लगायतका देशहरूमा विद्यार्थीहरुलाई अध्ययनका लागि पठाउँदै आइरहेको छ । उद्‌घाटन कार्यक्रममा इ प्लानेटकी शोभा लामिछानेले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथी तथा विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो ।

चितवन असोज ४ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण र व्यवस्थीत रुपमा आन्दोलनका कार्यक्रम गर्न आन्दोलनकारी शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।  बिहीबार सिंहदरबारमा आन्दोलनरत शिक्षकहरूसँग भएको छलफलका क्रममा श्रेष्ठले आन्दोलनकारी शिक्षकहरुको माग पुरा गर्न सरकार सकारात्मक रहेको भन्दै आन्दोलन गर्नैपर्दा शान्तिपूर्ण र व्यवस्थीत रुपमा गर्न आग्रह गर्नुभएको हो । शिक्षकहरुको आन्दोलनका कारण बुधबार राजधानीको सवारी आवागमनको अवस्था अस्तव्यस्त भएपछि गृहमन्त्री श्रेष्ठले आन्दोलनकारी शिक्षकहरुलाई सिंहदरबार बोलाउनुभएको थियो । सो क्रममा शान्ति सुरक्षाका बिषयमा मात्रै केन्द्रीत भएको शिक्षक संगठनका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयोे । उहाले आफ्ना मागका बारेमा संसदबाट नै समाधान निकाल्नुपर्ने बताउनुभयो । 

छलफलका क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले शिक्षकहरूलाई आन्दोलन फिर्ता लिएर विद्यालय सुचारु गर्न पनि आग्रह गर्नुभएको थियो । शिक्षक महसंघले भने विद्यालय शिक्षा विधेयक फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पारेको छ ।

Subcategories