News

भदौ ९, चितवन ।
पहिरोको कारण अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक दुई तर्फि नै सञ्चालनमा आएको छ । बर्षाका कारण पहिरो खस्दा यस सडक खण्डको नाम्सि पुल नजिकै एक तर्फि सञ्चालनमा रहेको थियो । शनिबार दिउँसो सवारी साधनलाई दुई घण्टा रोकेर पहिरो हटाएपछि साँझ ५ः४५बाट दुई तर्फि सञ्चालन गरिएको सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । यातायात दुई तर्फि नै सञ्चालनमा ल्याउनका लागि ३ वटा मेशिन प्रयोग गरिएको थियो । यस स्थानमा पटक पटक पहिरो जाँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

 भदौ ९, चितवन ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्ने बताउनुभएको छ । शनिबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सार्वजनिक रुपमा दिइने अभिव्यक्तिले समाजलाई चोट नपुराउनका लागी संवेदनशील हुनुपर्ने बताउनुभएको हो । उहाले एक अर्काको धर्म संस्कारलाई आँच नआउने गरि दलका नेता तथा कार्यकर्ताले अभिव्यक्ति दिनुपर्ने उल्लेख गर्नुभयो । उहाले कुनै पनि बिषयमा समाजलाई सौहार्दपूर्ण वातावरणमा अघि बढाउन वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने जिकिर गर्नुभयो । सभापति लामिछानले संसदीय समितिमा प्रतिपक्षी दललाई लेखा समितिमात्रै दिन प्रचलन रहेपछि सहि ढंगले समितिलाई चलाउनका लागि रास्वपाको भूमिकालाई स्थापीत गर्न केहि समितिको सभापतिमा उम्मेद्वारी दिने बताउनुभयो । उहाले चितवनमा सुरु गरेका केहि कार्यक्रमहरुलाई सुधारका साथ अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
सभापति लामिछाने पार्टीले आयोजना गरेको जनतासंग सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो ।

 

भदौ ९, चितवन । भरतपुर वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रुपमा विकास गरिने बताउनुभएको छ । भरतपुर ९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको जानकारी दिनुभयो । बस पार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भईरहेको प्रमुख दाहालले बताउनुभयो । सघन सहरी विकास मन्त्रालयबाट रु १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी बस पार्कलाई नमुना बनाउनेतर्फ केन्द्रित रहेको उल्लेख गर्नुभयो । बस पार्कको रंग रोगन, कालो पत्र, हरियाली गराउने कामसँगै सरसफाईको कामलाई एक साथ अगाडि बढाईएको जानकारी दिनुभयो । नमुना बस पार्क निर्माणका लागि नियमित अनुगमन र सरसफाई गर्नुपर्ने उहाँको भनाई छ । जिम्मेवारी पूर्ण ढङ्गबाट दैनिक बास पार्कको नियमन गरे गर्व गर्न लायक बस पार्कको रुपमा परिचित गराउन सकिने धारणा पनि राख्नुभयो । महानगरको हरेक विकास निर्माणमा सक्रिय टोल विका संस्था र महिला समूहलाई जोडिएर काम गर्न आह्वान पनि गर्नुभयो । विभिन्न सामाजिक कार्यमा अग्रसर मिलन सचेतना महिला समूहले शनिबार एक कार्यक्रमका बीच भवन निर्माण गर्ने दातालाई सम्मान गरेको छ । करिब १९५ जना सेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दानवीरहरुको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिनुभयो । संस्थाले ३० कठ्ठामा फुल खेती गरेको छ भने ८ कठ्ठामा बेसार खेती गरेको जनाएको छ ।

Subcategories