News

माघ १७, रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ७ मालपुर र सिसुवारमा बसोबास गर्ने सीमान्तकृत मुसहर महिलालाई सांस्कृतिक पोसाक वितरण गरिएको छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले दुई बस्तीका २२ जना मुसहर महिलाहरुलाई पोसाक वितरण गरेको हो । निकटमा रहेको सौराहाको पर्यटनसंग जोडेर आयआर्जन गर्ने उद्देश्यले मुसहर समुदायको परम्परागत पोसाक प्रदान गरिएको वनका अध्यक्ष जितु तामाङले जानकारी दिए । मालपुर मुसहर बस्तीमा आयोजित कार्यक्रममा चितवन निकुञ्जका सौराहा सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत शान्ताबहादुर पुन र वनका अध्यक्ष तामाङले उनीहरुलाई कालो बुलुज सेतो साडी हस्तान्तरण गरेका थिए ।

लोभलाग्दो मुसहर समुदायको संस्कृतिलाई पर्यटनसंग जोडेर आम्दानीको श्रोत बनाउन सक्ने सम्भावनालाई मध्यनगर गरी पोसाक प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सहायक संरक्षण अधिकृत पुनले खोलामा माछामारेर जीविकोपार्जन गर्दै आएका मुसहर समुदायलाई नदीप्रतिको निर्भरता हटाउन मध्यवर्ती र निकुञ्ज लागिपरेको बताए । सधै माछा मारेर जीवन नचल्ने भन्दै उनले मुसहर समुदायको संस्कृतिलाई सौराहाको पर्यटनसंग जोडेर आम्दानीको स्रोत बनाउनु पर्नेमा जोड दिए ।

वनका अध्यक्ष तामाङले सामुदायिक वनले मुसहर समुदायको विकासका लागि निरन्तर सहयोग गर्दै आएको बताए । मुसहर बालवालिको शिक्षाको लागि अतिरिक्त कक्षा सञ्चालन,पोसाक, स्टेशनरी र छात्राबृत्ती प्रदान गर्दै आएको उनले जानकारी दिए । त्यसको अलवा मुुसहर समुदायको विकासको लागि कोष स्थापना गरी बार्षिक ९० हजार प्रदान, सीपमुलक तालिम तथा बस्तीमा मोज्याक टायर लगाइएको उनको भनाई छ ।

पोसाक हस्तान्तरण कार्यक्रममा महिलाहरुले पोसाक लगाएर परम्परागत नृत्य झाम्टा समेत पारेका थिए । वनकी कार्यसमिति सदस्य सरस्वती चालिसेले सञ्चालन गरेको कार्यक्रममा वनका उपाध्यक्ष सीताराम महतो, सहसचिव वीरबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।

 

माघ १७ , चितवन ।
नेपालीमा “भूठान” र अंग्रेजीमा “द वल्र्ड ह्यापियस्ट म्यान” छुट्टाछुट्टै नाम रहेको “वुलवुल”निर्देशक विनोद पौडेल द्वरा निर्देशित पहिलो हलिउड नेपाली चलचित्रको सम्पूर्ण छायांकन हालै सकिएकोछ । यसमा नेपालबाट हरिवंशआचार्य, दयाहाङ्ग राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य साथै भारत बाट अनुराधा मजुमदार तथा अमेरिका बाट हलिउडका विश्वविख्यातअभिनेता बू्रश डन लगायत विभिन्न कलाकारहरु जोडिएका छन् । सांघुरोका निर्देशक जोयश पाण्डे र नेपाली नाट्य क्षेत्रका सफल व्यतित्व विमल सुवेदी पनि यस चलचित्रमा अभिनेताका रुपमा पनि देखिने भएका छन् ।


विगत पाँच वर्ष देखिको निरन्तर प्रयासपछि हालै सम्पन्न भएको यो चलचित्र, हलिउड कैअन्तराष्ट्रिय मान्यता र मापदण्डमा रहेर बनाइएको हो । “यो नेपालको लागि पहिलो यूनियन (स्याग) चलचित्र हुनेछ । यसमा ब्रुस डन मात्रनभएर हलिउडकै प्रख्यातप्राविधिकहरुपनिजोडिएका छन्, जसले गर्दा यस चलचित्रको प्रविधिक पक्ष अत्यन्तैै सबल रहेको र कथा पनि विश्वले आत्मसातगर्ने भएकोले यो चलचित्र मार्फत हामी विश्व बजारमा आफ्नो पहुंच बनाउने कुरामा विश्वस्त छौं जुन सम्पूण नेपाल र नेपालीको गर्वको कुरा हो”, लेखक, निर्दैशक पौडेल बताउँछन् ।
म्याड मंकी फिल्मस्ले निर्माण गरेको यस चलचित्रमा, हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ताकंपनिले सहकार्य गरेकाछन् । यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एनअधिकारी,अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा रहेका छन् ।
यो चलचित्र २०२४ को अन्त्य सम्मदर्शक सामु ल्याउने र विश्वव्यापी रुपमाप्रदर्शन गर्ने योजना रहेकोे जानकारी यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एनअधिकारी , रमेश भट्ट र अपार श्रेष्ठले दिए ।

 

भरतपुर , माघ १७ । तस्विर: कोमलचन्द्र भगत

चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई समुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ । यसैमध्येको एक चितवनको मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत रहेको जनकौली मध्यवर्ती सामुदायिक वन पनि पर्यटकीय गतिविधिका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गइरहेको छ । सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुङ्ग्रे खोलामा डुङ्गा शयर गर्न रुचाउँछन् । रत्ननगर नगरपालिका–५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ । जनकौली मध्यवर्ती सामुदायिक वनको अध्यक्ष जोगेन्द्र महतो खोलामा डुङ्गा शयर गर्दा गोही, डेढ सय बढी प्रजातिका माछा, अजिङ्गर चाराचुरुङ्गी र वन्यजन्तु हेर्न सकिने बताउनुभयो । “यहाँ पानी खान र आहाल खेल्न आएका गैँडा प्रशस्त देखिन्छ”, उहाँले भन्नुभयो, “डुङ्गामा चढेर वन्यजन्तुको अवलोकन गर्न पाउँदा पर्यटकहरू खुसी हुन्छन् ।” उहाँले यहाँ घुम्न आउने पर्यटकका लागि डुङ्गा शयरसँगै जङ्गल बाक, बर्ड वाचिङ, सर्ट जङ्गल ड्राइभ, इलिफेन्ट उइथ वाकलगायतका प्याकेज दिने गरेको बताउनुभयो । यहाँ पर्यटकलाई रातको समयमा बास बसेर वन्यजन्तु अवलोकन गर्ने मचान पनि निर्माणको तयारी गरिरहेको महतोले जानकारी दिनुभयो ।

 

 “कोभिडपछि यस वर्ष पर्यटकको आवागमन राम्रो छ”, उहाँले भन्नुभयो, “आन्तरिकसँगै बाह्य पर्यटकको पनि भीड छ ।” ढुङ्ग्रे खोला कुमरोज र जनकोली सामुदायिक वनको सिमाना भएर बग्ने गर्छ । डुङ्गा घाटबाट हात्तीसारसम्म डुङ्गा चलाउने गरिएको छ । डुङ्गा सफारी गर्ने पर्यटकलाई केही समय जङ्गल वाक गराएर राष्ट्रिय प्राकृतिक संरक्षण केन्द्रको म्युजियम र निकुञ्जको हात्तीसारमा घुमाउने गरिएको छ । डुङ्गा शयर गर्दा आन्तरिक पर्यटकका लागि रु चार सय ५० र बाह्य पर्यटकका लागि रु पाँच सय ५० शुल्क लिने गरिएको छ ।

अध्यक्ष महतोले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षणको कोषका हरेक संरक्षणमा सामुदायिक वनले सहभागिता जनाउने गरेको बताउनुभयो । चोरी सिकारी नियन्त्रणमा र मध्यवर्तीका स्थानीयलाई विभिन्न सीपमूलक तालिममार्फत जीविकोपार्जनका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे सौराहाको पर्यटन विकासका लागि ढुङ्ग्रे खोलाको डुङ्गा शयरले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत पाँच सामुदायिक वन रहेको भन्दै उहाँले सबै वनको आ–आफ्नो विशेषता रहेको जानकारी दिनुभयो । उहाँले सौराहा आउने पर्यटकका लागि डुङ्गा शयर राप्तीपछिको गन्तव्य ढुङ्ग्रे खोला भएको बताउनुभयो । डुङ्गा शयरबाट मात्रै यस सामुदाकि वनले वार्षिक रु १५–१६ लाखको कारोबार गर्ने गरेको उल्लेख गर्नुभयो । यहाँ हुने आम्दानीको ३० प्रतिशत कुमरोज र ७० प्रतिशत जनकौली सामुदायिक वनले लिने गरेका छन् । “यहाँका समुदायिक वनको आयस्रोत पर्यापर्यटन नै हो, वन्यजन्तु र वनस्पति देखाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना मध्यवर्ती क्षेत्रका समुदायिक वनमा कोभिडपछि यस वर्ष पर्यटक सबैभन्दा धेरै आएको बताउनुभयो । उहाँले जलचर प्राणी र चराचुरुङ्गीका लागि ढुङ्ग्रे खोला क्षेत्र उत्कृष्ट बासस्थान भएको बताउनुभयो । उहाँले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि यहाँ विभिन्न माध्यममार्फत पर्यटन प्रवर्द्धनमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।

Subcategories