News

पौष २२, चितवन । तस्विर: कोमल चन्द्र भगत । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारण सभा चितवनमा हुने भएको छ । पशुपन्छी औषधि क्षेत्रको समुचित उपयोग तथा बृहतर विकास गर्ने उद्देश्यले आजको आवश्यकता, व्यवसाय प्रवर्द्धनमा व्यवसायिक ईमान्दारीता भन्ने मुल नाराका साथ नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारण सभा चितवनमा हुन लागेको नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक रूपले मुलुककै अग्रणी नगरी भरतपुर महानगरपालिका वडा नं. २, चितवनको दियालो फुडल्याण्डमा यहि पौष २४ र २५ गते महाधिवेशन हुने नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष पुणचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

तत्कालिन समयमा सिमित संख्यामा रहेका पशुपन्छी औषधि व्यवसायीहरुको संगठित गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलन पछि नेपालका सबै क्षेत्रका व्यवसायीहरुलाई सुसूचित र संगठित गर्दै पशुपन्छी औषधि ब्यवसायीहरुको हक हितमा संघले काम गर्दै आएको संघका केन्द्रिय महासचिव नारायण बहादुर भुजेलले बताउनु भयो । व्यवसायी माझ समयसापेक्ष सरकारसंगको आवश्यक राय सुझावबाट व्यवसायीक हक हितलाई व्यवस्थित गर्दै, समस्या पहिचान गर्ने र समयमा नै समाधान गराउने उद्देश्यले मिति २०४७ साल पौष २४ गते जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा यस संस्था नेपाल पशुपन्छी औषधि व्यवसायी संघ विधिवत दर्ता भई काम गर्दै आएको महासचिव भुजेलले बताउनु भयो ।

नेपालमा हाल करिव २० वटा स्वदेशी कम्पनीले भेटेरीनरी औषधि, भ्याक्सिन र फिड सप्लिमेन्टहरु उत्पादन गरी विक्रि वितरण गर्दै आईरहेका छन् भने करीव १४० को हाराहारीमा पैठारीकर्ताहरुले औषधि भ्याक्सिन तथा फिड सप्लिमेन्टसहरु पैठारी गरी बिक्री वितरण गर्दै आईरहेका छन् । भेटेरिनरी औषधि फिड सप्लिमेन्ट तथा औषधिजन्य पदार्थहरुको बजार वार्षिक करीव १३ अर्वको हाराहारीमा पुगीसकेको छ । मुलुक अहिले दग्ध, मासु र अण्डामा आत्मनिर्भर भईसकेको छ । यो व्यवसायले करिव ३ लाख मानिसहरुलाई प्रत्यक्ष र परोक्ष रोजगारीको अवसर प्रदान गरीरहेको छ । पशुपन्छी औषधि, भ्याक्सिन तथा फिड सप्लिमेन्टको कुल माग मध्ये करिव २० प्रतिशत मात्र स्वदेशी उत्पादनले धानेको छ भने बाँकी ८० प्रतिशत बिदेशबाट आयात हुने गरेको छ । मुलुक अहिले दग्ध, मासु, अण्डा, दाना र चल्लामा आत्मनिर्भर भईसकेको छ । नेपाल सरकारबाट निजी क्षेत्रको एकमात्र आत्मनिर्भर घोषणा भएको पोल्ट्री क्षेत्रमा करिब रु.१५० अर्बको लगानी रहेको, कुल ग्राहस्थ उत्पादनमा करिव ४ प्रतिशतको योगदान गरेको र कृषि क्षेत्रमा मात्रै २५ प्रतिशतको योगदान रहेको रहेको छ । महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका रेनु दाहालज्यूको प्रमुख हुनेछ ।

पौष २२, चितवन । तस्विर: कोमल चन्द्र भगत । चितवनमा आज (आइतबार) बाट चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरा लगायतका क्षेत्रबाट एकै चोटी चरा गणना सुरु गरेको हो । वर्ड एजुकेसन सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि चितवनमा आजबाट सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ । पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । यसपछि पश्चिम चितवनमा सुरु गरिने उनले जानकारी दिए।

आजदेखि शुरु भएको चरा गणना आगामी माघ ७ गतेभित्र गरिसकिनेछ । गणनाका लागि विभिन्न समूह निर्माण गरी कामलाई अघि बढाइएको गिरीले बताए । पश्चिम चितवनको दिव्यनगर, कसरा पुलबाट पश्चिम र रिउखोलामा पूर्वी चितवनको गणना सकिएलगत्तै गरिने छ । बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरलगायतको प्रयोग गरी चरा गणना गरिने उनले बताए । जिल्लामा ६ सय ५० भन्दा बढी प्रजातिका चरा पाइन्छ । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।

पौष २१, चितवन ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको पहिलो आधार सडक भएकाले सडकलाई प्राथामिकता दिएको बताउनुभएको छ । शनिबार नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख दाहालले सडक पूर्वाधार निर्माण भएपछि मात्रै जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । प्रमुख दाहालले भरतपुरको विकास यतिकै नभएको बताउदै उहाँले जनप्रतिनिधिको सक्रिय पहल र आमजनताको इच्छा चाहानाले मात्र भरतपुरको विकास सम्भव भएको प्रष्ट पार्नुभयो । बजेट सजिलै आउँदैन,उहाँले भन्नुभयो,‘एक पटक गएर हुदैन। पटक पटकको पहल, सक्रियाताले बजेट आउँछ । हिजोको दिनमा १० लाखको बजेट ल्याउन गाँउबाट डेलिगेशन जानुपर्ने अवस्था थियो।’ प्रमुख दाहालले नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाले मानविय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुराएको अतुल्नीय योगदानको उच्च कदर गर्नुभयो । उहाँले गीतानगर उपशाखाको भवन निर्माणका लागि जग्गादाता जयलाल पौडेलले पुराउनु भएको योगदान र भवन निर्माण गर्ने स्थानीय दानवीरलाई धन्यवाद व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका, स्थानीय चन्दाताको सहयोगमा रु १४ लाख ८३ हजार भवन निर्माण भएको हो ।

प्रमुख दाहालले भरतपुरको भगिनी सम्बन्ध स्थापना भएको जापनको यकोसुका सहरबाट ५÷६ वटा एम्बुलेन्स सहयोग आउन लागेको र एक थान गीतानगर उपशाखालाई प्रदान गरिने बताउनुभयो । रेडक्रसको जिल्ला भवन निर्माण गर्न महानगरबाट सहयोग भएको र गैर अवासीय नेपाली सघ एनआरएनएबाट सहयोग भएको रक्त सञ्चार एम्बुलेन्स पनि हस्तान्तरण गरिएको बताउनुभयो ।

कार्यक्रममा रेडक्रसको भवन निर्माण गर्न सहयोग पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारी, वडा अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राजेन्द्र साखाीलगायतको उपस्थिति रहेको थियो।

––––

Subcategories