News

मंसिर ९, बर्दिया ।

बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो । आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


चितवन, मंसिर ८ ।
भरतपुर महानगरपालिका १२ नौरङ्गे टोलमा फोहरको वर्गिकरण तथा व्यवस्थापन सम्बन्धि तालिम दिईएको छ। शुक्रबार धनगढा मन्दिर परिसरमा भरतपुर महानगरपालिका १२ नौरङ्गे टोल विकास संस्था र नौरङ्गे टोल आमा समुहको संयुक्त आयोजनामा फोहरको वर्गिकरण तथा व्यवस्थापन सम्बन्धि तालिम दिईएको हो। वातावरण संरक्षण तथा सरसफाइ अभियान्ता यमनाथ आचार्य र नारायणगढ सुइरो ब्यबस्थापनका देव बहादुर वस्तीले दिनु भएको तालिममा टोलका महिला र पुरुष गरी ४० जनाको सहभागिता रहेको थियो । घरबाट निस्कने फोहरलाई कुहिने र नकुहीनेमा वर्गीकरण गरी सहि ठाउमा ब्यबस्थापन गर्न सक्यौ भने वातावरण सफा हुने र आम्दानी गर्न पनि सकीने बारेमा जानकारी दिनु भयो । साथै गाउटोल सफा राख्न आफनो बानी ब्यबहारलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो ।अर्का प्रशिक्षक देव बहादुर वस्तीले नारायगढ सुइरो ब्यबस्थापन समितिले गाउ टोलमा सुइरो कार्यक्रम मार्फत फोहर संकलन गरी त्यसलाई सहि ब्यबस्थापन गर्दै आएको बताउनु भयो । वस्तीले हामीले फालेका फोहरबाट पनि मोहोर कमाउन सकिन्छ भन्ने सन्देश दिनुभयो । भरतपुर महानगरपालिका १२ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लेखराज पन्त ९हरि० ले भरतपुर महानगरपालिकाले राइनो ताल र धनगढालाई भरतपुर भ्रमण बर्षमा सुचिकृत गरेको बताउदै त्यति बेला सम्म यी दुई स्थानलाई सजिसाजाउ बनाउनुपर्ने जोड दिनु भयो । यस्तै भरतपुर महानगरपालिकाले फोहर संकलन गर्न टोल टोलमा पठाउने सवारी साधन अब आउन नपर्ने स्थिति सिर्जना गर्नेमा विश्वास ब्यक्त गर्नु भयो ।यस्तै कार्यक्रमका विशिष्ठ अतिथि भरतपुर महानगरपालिका वातावरण शाखाका अधिकृत बलदेव न्यौपानेले सभ्य र सफा युक्त ठाउलाई मात्र शहर मान्न सकिने बताउनु भयो । साथै महानगरले गर्नुपर्ने काम टोलले गरेकोमा प्रशंसा गर्दै कार्यक्रम सफल हुनेमा विश्वास ब्यक्त गर्नु भयो । यस्तै भरतपुर १२ का वातावरण तथा सरसफाई उप संयोजक मदनकृष्ण घिमिरले आफनो वडा टोल सफा सुन्दर राख्न आफै सचेत हुनुपर्ने बताउदै तालिममा सिकेका कुरालाई ब्यबहारमा उतार्न आग्रह गर्नु भयो । कार्यक्रमका सभापति नौरङ्गे टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तले टोल सुधारका लागि यस्ता कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने बताउनु भयो । सहभागिहरुलाई वातावरण सरसफाई र संरक्षणका लागि फोहर वर्गिकरण र ब्यबस्थापन गर्नुपर्नेमा जोड दिनु भयो ।

मंसीर ७, जाजरकोट । नेपालको सामाजिक सेवामा उल्लेख्य योगदान दिदै आएका मनकारी समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड ट्राभल्सले नेपालको सुदुर पश्चिममा हालै गएको विनाशकारी भूकम्प पिडितहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपालको विकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भुकम्पका कारण निधन भएका प्रति व्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई ५ देखि ८ हजारका दरले स्वयं उपस्थिती भई पिडित परिवारहरुलाई हस्तान्तरण गरेका थिए ।


त्यसो त उनले अमेरिकामा नै बसेर सहयोग गर्ने रकम सिधै प्रधानमन्त्री राहत कोष मार्फत नै जम्मा गरिदिन पनि सक्थे तर उनको र उनको परिवारको चाहना अनुसार पिडित परिवारमा सहानुभुती र पिडितलाई जति सक्दो आफ्नो तर्फबाट थप के कस्ता सहयोग गर्न सकिन्छ भन्ने हेतुले नेपाल आएर विनाशकारी भुकम्पस्थल पुगी पिडित परिवारलाई नगद हस्तान्तरण गरेका छन् । मेघ सुवेदीलाई साथ दिन चर्चित रंग पत्रकार प्रकाश सुवेदी, वरिष्ठ चलचित्रकर्मी छविराज ओझा, संस्थाका नेपाल प्रतिनिधी एवं नायक संजित भण्डारी, पत्रकार तथा समाजसेवि राज लुइटेल , फिल्म निर्माता निर्देशक शंकर घिमिरे, समाजसेवि मोहन थापा, फिल्मि पत्रकार अनुप भटराई , निशा बजगाई , रचना गौतम, वातावरण पत्रकार कोमल चन्द्र भगवत, कुबेर तमाङ , मोहमद् जालिम , कलाकार सम्रान्त थापा तथा बरिष्ट पत्रकार हरिहर सिङ्ग राठौर लगायतका व्यक्तिहरु राहत वितरण कार्यक्रममा उपस्थित थिए । नगद वितरण कार्यक्रममा वास्तविक भुकम्प पिडित र सत्य तथ्य विवरण उपलव्ध गराउने तथा समन्वयनकारी कार्यका लागि समाजसेवी नर बहादुर कार्कीले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
नगद वितरण कार्यक्रममा सहभागी हुने व्यक्तित्वहरुले विदेशी भूमिमा रहेर पनि स्वदेशमा आवश्यक परेको वेला पिडितको आवश्यकता अनुसार सहयोगका लागि तत्कालै नेपाल आई भुकम्प पिडितलाई राहत प्रदान गरेकोमा समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद दिएका थिए । यसै गरि भूकम्प प्रभावित क्षेत्रका स्थानिय तथा पिडितहरुले सरकार र दलका नेताले आएर मुख मात्र देखाएर गईरहदा विदेशमा वसेका सुवेदीले आएर यसरी नगदै राहत सहयोग गरेकामा भगवान नै आएर मलम लगाएको महुशस भएको कुरा बताएका थिए । व्यक्तिगत रुपमै घाईते र मृतक व्यक्तिलाई यसरी स्वयं उपस्थिती भई उनीहरुको घाउमा मलम लगाउन सात समुन्द्र पारी देखि आएर यसरी सहयोग गरेको देख्दा आफुहरु सुवेदी दम्पती प्रति निकै प्रभावित भएको कुरा वरिष्ठ संचारकर्मी प्रकाश सुवेदीले बताए । यसै गरि निर्माता निर्देशक छविराज ओझाले व्यक्तिगत रुपमै ठुलो रकम यसरी पिडितलाई सहयोग गर्नु सुवेदी दम्पत्तीको महानतादेखि आफु निकै भावुक भएको कुरा सुनाए । एकै व्यक्तिले यति ठुलो रकम पिडितहरुलाई हस्तान्तरण गर्दा प्रचार प्रसार पनि उतिकै हुन्थ्यो होला तर उनी प्रचारमुखी भन्दा निस्वार्थ सेवामुखी भएका कारण उनले गरेका यस अघिका धेरै धनराशी सहयोगको कुनै चर्चा पनि भएन र गर्न पनि चाहदैनन् निर्देशक ओझाले भने ।
नायक संजित भण्डारीका अनुसार समाजसेवी सुवेदी दम्पत्तीका छोरीहरु सेजल र सिस्टरले आफ्नो खाजाको लागि छुटाइएको रकम संकलन गरि नेपालमा दुखी र असाहयलाई सहयोग गर्दै आईरहेका छन । यसो त सुवेदी दम्पती नेपालमा हुने विभिन्न दैवी प्रकोपमा परेका पिडितहरुको मात्र नभै नियमित रुपमै दुख कष्ट भोगेका जनताको दुःखमा जोडिदै आएका छन । मानव सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै दुखीहरुलाई राहत र उनीहरुका खुसीका लागि निरन्तर लागि पर्दै आएका एक दयालु व्यक्तित्व मात्र नभएर वास्तविक समाजसेवी हुन । उनले कोभिड महामारीको समयमा होस वा बाढी पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोप पिडितहरुबाट दुःख पाईरहेको बेलामा सक्दो सहयोग गर्दै आएका छन । सुवेदी दम्पतीले झापा जिल्लाका विभिन्न स्थानमा निशूल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आईरहेका छन । झापाकै बेल डांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आईरहेका छन । ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आईरहेको छ । उनले हालै मात्र पर्सा र नवलपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका थिए भने स्नेही काखलाई भवन निर्माणका लागि २१ लाख भन्दा वढि आर्थिक सहयोग देखि लकडाउनको समयमा देशका विभिन्न स्थानमा दैनिक खाना वितरण देखि मेलम्ची वाढी पिडितका लागि आवश्यक सहयोग गर्दै आईरहेका थिए ।
झापाकै बेल डांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आईरहेका छन । ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आईरहेको छ ।

Subcategories