News

 
 काठमाडौं,०५ भदौ ।
 
अमेरिकाको क्यालिफोर्नीयामा सन् २०२४ को सेप्टेम्बरमा‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ । हाल अमेरिका भ्रमणमा रहेका बरिष्ट अभिनेता द्वय शिब श्रेष्ठ र सुनील थापाको सम्मानमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाले आयोजना गरेको ‘मिट,ग्रीट एण्ड विसेस् एक्सचेञ्ज म्युजीक नाइट’ कार्यक्रममा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा गरिएको हो ।  लामो समयदेखि अमेरिका बस्दै आएका खेलाडी, ब्याबसायी तथा समाजसेवी यज्ञलाल श्रेष्ठले आफ्नो कम्पनी गोल्डेन स्टेट मुभी मेकर्समार्फत आयोजना गर्न लागेको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ ले नेपाली फिल्मको गुणस्तरिय बिकास,अन्तराष्ट्रिय बजार प्रबद्र्धन,बिस्तार तथा कलाकारको सम्मानमा नौलो आयाम थप्ने बिश्वास ब्यक्त गरेका छन् । अमेरिकामा समाजसेवा, म्युजीक फेस्टिवल आयोजनालगायत सन् २०१९ देखि ग्लोबल फिल्म अवार्डमा बिशेष भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले अब भने एकल रुपमा यो अवार्ड आयोजना गर्न लागेका हुन् । उनले ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ निकै ब्यबस्थित,निस्पक्ष,सभ्य,भब्य र सानदार हुने दावी गरेका छन् । ‘हामी पूर्ण ब्यबस्थित,भब्य,निष्पक्ष र सानदार तवरले अवार्ड आयोजना गर्ने योजनामा छौं,’ उनी भन्छन्,‘नेपाली फिल्म तथा कलाकारको अन्तराष्ट्रिय प्रबद्र्धन र बिकासमा यो अवार्डले ठूलो भूमिका खेल्ने छ ।’ 
अवार्डको जुरी कमिटीमा समेत रहेका बरिष्ट अभिनेता शिब श्रेष्ठले यो अवार्डमा आफ्नो भरपुर,साथ,समर्थन र सहयोग रहने उल्लेख गर्दै सफलताको शुभकामना ब्यक्त गरे । अर्का बरिष्ट अभिनेता तथा जुरी मेम्बर सुनील थापाले आयोजक यज्ञलाल श्रेष्ठले गरेको बिगतका हरेक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको स्मरण गर्दै यो अवार्डले नयाँ उचाइ हासिल गर्ने बिश्वास ब्यक्त गरे । ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ को जुरी तथा संयोजन टिममा अभिनेता श्रेष्ठ तथा थापाका साथमा चर्चित अभिनेत्री,निर्मात्री,निर्देशक दीपाश्री निरौला र बरिष्ट चलचित्र पत्रकार,फिल्म लेखक,निर्माता अनि निर्देशक लक्ष्मण सुवेदी रहेको जानकारी गोल्डेन स्टेज मुभी मेकर्सले दिएको छ । 
बर्कलीस्थित हिमालय फलेभर रेस्टुरेन्टमा अगस्त २० मा आयोजीत कार्यक्रममा अभिनेता द्वयसँग भेटघाट,भलाकुसारी गर्न र फोटो खिच्न बिभिन्न स्टेटबाट  शुभचिन्तकहरुको भीड लागेको थियो । अमेरिकामा पनि आफूहरुले दर्शकहरुबाट त्यति धेरै साथ,सम्मान र माया पाएकोमा अभिनेता द्वय भावुक भएका थिए । आयोजक यज्ञलालले शिब श्रेष्ठ र सुनील थापाजस्ता लिजेन्डलाई सम्मान गर्न पाउदा खुशी लागेको बताए । कार्यक्रममा वेस्ट कोस्ट रिजनल कमीटी (एनआरएनए युएसए) का अध्यक्ष बिष्णु केसी,तामाङ सोसाइटी क्यालिफोर्नीया नवनिर्वाचित अध्यक्ष सुरज पाख्रिन,एनआरएनए च्याप्टर क्यालिफोर्नीयाका सदस्य तेजेन्द्र बराल र एनआरएनए आइसिसि सदस्य बिन्दू निरौला सापकोटालाई गोल्डेन स्टेट मुभी मेकर्सका तर्फबाट सम्मान गरिएको थियो । 
०००

 

चितवन, साउन ३१ । 
तस्विर: कोमल चन्द्र भगत ।
 
 
काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को सफलतापूर्वक अनावरण गरेपछि सामसङ नेपालले २०८० साउन ३१ गतेनारायणघाटमा रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित १७ जनाभन्दा बढी व्यापारी साझेदारहरुकोउपस्थिति रहेको थियो ।
 
उक्त कार्यक्रममा  हालै बिक्री शुभारम्भ गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु जस्तैः पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभभिउइंग, सेल्फि र आइपी एक्स् ८ को विशेषताहरुको बारेमा जानकारी दिइएको थियो  । 
 
दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाऊपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको कार्यक्रममा जानकारी दिइयो ।  मुख्य स्क्रीन सक डिस्पर्सनतहका साथ जडान गरिएको छ र अत्याधिक सलिड डिस्प्लेको लागि पुनः डिजाइन गरिएको छ । यसका साथै आइपी एक्स् ८ को समर्थन, आर्मर अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्ट्रसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ले ग्राहकहरुलाई अपेक्षाकृत संरक्षण प्रदान गर्दछ, जसलाई फ्लेक्स हिन्जले थप विस्तार गरेको छ । यो नयाँ एकीकृत हिन्ज मोडलमा बाह्य असरहरुलाई फैलाउने दुई रेलको संरचनाको विशेषता छ । यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो । उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध गराइएको जानकारी दिइएको थियो ।  ग्यालेक्सी जेड फ्लिप ५ ले स्व–अभिव्यक्तको लागि निर्मित खल्ती आकारको उपकरणमध्येबाट स्टाइलिस,  उत्कृष्ट फोल्ड गर्न योग्य अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ । यो एकै प्रकार (८ प्लस २५६ जिबि) मा मात्र उपलब्ध छ र यसको मुल्य रु.१३९,९९९÷तोकिएको छ ।  त्यस्तै ग्यालेक्सी जेड फोल्ड ५ः वाइड स्क्रीनयुक्त अल्टिमेट प्रडक्टीभीटी भएको पावरहाउसको वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो २ प्रकारका दामी रङ्गहरुमा पाइनुका साथै १२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमता भएका २ प्रकारमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जिबि) को मुल्य रु.२२६,९९९÷ र ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस ५१२ जिबि) को मुल्य रु.२३९,९९९÷ कायम गरिएको छ । यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शुन्य प्रतिशत ब्याजमा प्रति महिना रु.७,०००÷ सम्मको न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देश भरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ । 
यसैगरी यदि ग्राहकहरुले आफ्नो मोबाइलको स्तरोन्नति गर्न चाहेमा एक्सेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । पुरानो मोबाइलको मुल्याँकन गरेर त्यो मुल्य बराबरको रकम नयाँ फोल्डेबल मोबाइल किन्दा घटाइनेछ । सामसङले एकपटकको लागि एनएलजि इन्सुरेन्ससंगको सहकार्यमा ब्रेकेज बीमा सेवा पनि उपलब्ध गराएको छ भनें एक वर्षभित्रमा एकपटकको लागि प्रोटेक्टिभ फिल्म बदल्ने सेवा पनि प्रदान गरेको कार्यक्रममा जानकारी दिइएको थियो । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

चितवन, साउन ३१ ।

चितवनको टिकौली जंगलमा आज विहान भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा अक्सफोर्ड कलेजको बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् ।
घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको गैंडाकोटको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिँदा बागमती प्रदेश ०६–००१प ९९८१, बा.प्र ०३–००५प ९७, ,ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ नम्बरको मोटरसाइकलहरु, बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित सम्पुर्ण सवारी साधनहरु एक आपसमा ठक्कर खाएको थियो । प्रहरीले कलेज बसका चालक नवलपुरको गैडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।

 

घाईतेहरुको नामावली
भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु

१. जि.चितवन खैरहनी नगरपालिका–४ बस्ने बर्ष अन्दाजी ६०र६५ को कृष्ण ब.तामाङ (गम्भिर) ।

२. जि.मकवानपुर हेटौडा उपमहानगरपालिका–१४ बस्ने बर्ष अन्दाजी ६०–६५ को महोन तामाङ (गम्भिर) ।

३.जि.चितवन खैरहनी नगरपालिका–१ बस्ने बर्ष अं ८२ को जित ब.तामाङ (गम्भिर) ।

४.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.५०÷५५ को कुसुम ब. राना (गम्भिर) ।

५.जि. चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.३८ को सुरेश श्रेष्ठ (गम्भिर) ।

६.जि.चितवन रत्ननगर–९ बस्ने बर्ष अं.३०÷३५ को किशोर तामाङ (गम्भिर) ।

७.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष अं।५०र५५ को डोल ब।कार्की (गम्भिर)।

८.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ४१ को पुर लामा (गम्भिर) ।

९.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ (गम्भिर)।

१०.जि.चितवन रत्ननगर–१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले (गम्भिर) ।

११.जि.काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ (मध्यम) ।

१२.जि.चितवन रत्ननगर–१६ बस्ने बर्ष ४७ को दिल ब.घिसिङ (मध्यम) ।

(नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते)

१. बलेरो गाडीमा सवार जि.नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा (मध्यम)

(पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु)

१।बा।प्र।०३–००६ प ९९८१ नं. मो.सा.चालक जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ३३ को शंकर परियार (सामान्य)

२.सोहि पछाडी सवार ऐऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य

३.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ५० को आईतराम कामि (मध्यम) ।

४. बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–३ बस्ने बर्ष ४४ को गोपाल तामाङ (मध्यम०

५. बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष २६ को पुष्प तामाङ (मध्यम)।

६. बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ३८ को कृष्ण लामा (मध्यम) ।

७.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–३ बस्ने बर्ष ४५ को जिवन लामा (मध्यम०

Subcategories