News

भरतपुर,साउन २३ ।

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । सूचना अधिकरी भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका २ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका ४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका ३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।
यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए । बस त्रिवेणी गाउँपालिका ७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा १९ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

भरतपुर,साउन २३ ।

पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । दिउँसो २ः२० बजेदेखि बाटो दुईतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । कालिखोला र टोपे खोलामा खसेको पहिरो पन्छाएर सकिएपछि बाटो दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दा घण्टौँसम्म यात्रु जाममा पर्ने गरेका छन् ।

साउन २२, नारायणगढ ।
बालकुमारी माध्यमिक विद्यालय नारायणगढको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गोपाल भट्टराई सर्वसम्मतले चयन भएका छन् । नव गठित
विद्यालय व्यवस्थापन समितिका अध्यक्षतामा वडा नं। २ का वडा अध्यक्षा मनोज रानाभाटको संयोजकत्वमा वसेको बैठकबाट शिक्षा ऐन २०७५ को दफा १ २ उपदफा ४ अनुसार समाजसेवी चन्दादाता, शिक्षा प्रेमी मध्येवाट वजना महिला सहित २ जना मनोनित मध्ये विद्यालयका पूर्व विद्यार्थी गोपाल महराईको अध्यक्षतामा नयां विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । नव गठित समिति गठन गर्न विद्यालयका निवर्तमान विदालय व्यवस्थापन समितिका अध्यक्ष दीपक प्रधान सहजीकरण गरेको थिए । कार्यसमिति अल्मुनाई एसोनियान का अध्यक्ष श्री सेवन पन्त, शिक्षक अभिभावक सङ्घ कार्य समिति एवम् स्वर्ण अक्षयकोषका अध्यक्ष सनद पिया लगायतले नयां समितिलाई धन्यवाद दिएका थिए । नयां समितिमा नारायण परियार, शिव अधिकारी, धनशिला न्यौपाने, पार्वती घर्ति र सनुजा श्रेष्ठ मनोनित भएका छन् भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटा मनोनित भएका छन् ।

Subcategories