News

चितवन, असार १२ ।

 

भरतपुरको उत्कृष्ट शिक्षालयको रुपमा नेपाल पोलिटेक्निक इन्सिच्युट (एनपीआई) सम्मानित भएको छ । भरतपुर महानगरपालिकाले १३ औं नगरसभाको अवसरमा एनपीआईलाई सम्मानित गरेको हो । आर्थिक वर्ष २०७९/८० मा प्राविधिक शिक्षा, कृषि, पशु र इन्जिनियरिङ क्षेत्रमा क्रियाशिल रहँदै आएर व्यवसायिक दायित्व नियमितरुपमा पूरा गरेको भन्दै उत्कृष्ट व्यवसायिक शैक्षिक संस्थाको रुपमा सम्मान गरेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

नगरसभाको १३ औं अधिवेशनको समापन शत्रमा भरतपुर महानगरकी मेयर रेनु दाहालले एनपीआई कलेजका प्रमुख कार्यकारी अधिकृत शिव सुवेदीलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेकी हुन् । नेपालको मध्य भागमा रहि कृषि, इन्जिनियरिङ, स्वास्थ्य र भेटेरिनरी शिक्षाको क्षेत्रका जनशक्ति उत्पादन गर्दै आइरहेको यस नेपाल पोलिटेक्निक इन्स्टिच्युट कलेज उत्कृष्ट शिक्षालयको रूपमा भरतपुर महानगरपालिकाबाट सम्मानित भएकोमो सुवेदीले आभार प्रकट गरेका छन् । कलेजलाई यो स्थानसम्म लयाउन सहयोग पु्याउनु हुने सम्पूर्ण शिक्षक , अविभावक, विद्यार्थी ,कलेज सञ्चालक समिति एवम् कर्मचारी साथीहरूमा बधाई तथा भरतपुर महानगरपालिका प्रति हार्दिक आभार व्यक्त उनले धन्यवाद दिएका छन् ।’

 
तस्विर: कोमल चन्द्र भगत ।
चितवन असार १० 
भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार भएको तेह्रौँ अतिवेशनले कृषि र पशु क्षेत्रका लागि सो बजेट विनियोजन गरेको हो । 
महानगरपालिकाले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकस्तरमा कृषि प्रविधि प्रसारमा जोड दिएको छ । तेह्रौँ अतिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि प्रविध प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ । 
कृषि क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिकीकरणका लागि कृषिमा यान्त्रीकरण गर्ने कार्यक्रमलाई निरन्तरता प्रमुख दाहालले बताईन् । ‘कृषकहरूलाई अनुदानमा कृषि यन्त्र उपकरण उपलव्ध गराउने नीति अवलम्बन गरिनेछ, उनले भनिन्, महानगरभित्रका खेतीयोग्य जमिनमा सिँचाइको पर्याप्तता सुनिश्चित गर्न भइरहेका जीर्ण अवस्थाका नहर कुलोको मर्मत गर्ने तथा कृषकहरूलाई साना सिँचाइमा अनुदान दिने नीतिलाई निरन्तरता दिइनेछ।’
अति आवश्यक ठाउँमा संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा ठुला खालका डिप बोरिङ खन्ने उनले बताईन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दाहालले जीर्ण अवस्थामा रहेको नारायणी लिफ्ट सिँचाइ आयोजनालाई नियमित सञ्चालन गर्न संघीय सरकारसँग समन्वय गरी काम अगाडि बढाउने जानकारी दिईन् । 
भरतपुर महानगरपालिकालाई उन्नत बिउ उत्पादनको हबको रुपमा विकास गर्ने महानगरको लक्ष्य छ । यसको लागि खाद्यान्न बिउ उत्पादन गर्ने कृषकलाई उत्पादन परिमाणको आधारमा अनुदान दिने उनले बताईन् । महानगरको लागि प्राप्त हुने रासायनिक मलको वितरण कृषि सहकारी तथा सूचीकृत कृषक समूह मार्फत् गर्दै नियमन कार्यलाई थप व्यवस्थित गरिने बताईएको छ । रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न पशु वस्तुको मल तथा मुत्र व्यवस्थापनबाट खेतबारीमा प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक खेती गर्न प्रोत्साहन गर्ने योजना बनाईएको छ । 
विषादी मुक्त भरतपुर नीतिलाई प्राथमिकता दिइने योजनमा महानगर देखिएको छ । यसका लागि हालको विषादी प्रयोगको अवस्थालाई न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने उनले बताईन् । ‘आई पी एम कृषक पाठशालालाई निरन्तरता दिइनेछ,’ उनले भनिन् ‘विषादी परीक्षण प्रयोगशालालाई संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा थप सुदृढीकरण एवं व्यवस्थित गरिनेछ।’ कृषि कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले ७ करोड बजेट विनियोजन गरेको छ । 
जनप्रतिनिधि आएपछि महानगरपालिकामा सिँचाई अन्तरगत १०० भन्दा बढी आयोजना सम्पन्न भएका छन् । भूमिगत जल तथा सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र र महानगरबाट सञ्चालित डिप बोरिङ, स्यालो ट्युवेल तथा साना सिँचाइ कार्यक्रमको कार्यान्वयनबाट करिब ७ हजार बिगाहा जमिनमा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । कृषकलाई ट्रयाक्टर, टिलर, पावर टिलर, धान कुट्ने मेसिन लगायत ८९ थान यन्त्र उपकरण अनुदानमा उपलव्ध गराइएको उनले बताईन् । दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान मार्फत ११ हजार ५ सय कृषकलाई ६ करोड १२ लाख अनुदान उपलव्ध गराइएको छ । यस कार्यक्रमलाई निरन्तरता दिने उनले बताईन् ।

असार १०,चितवन ।
तस्विर ः कोमल चन्द्र भगत । 

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बजेट बढाएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि पुरक समेत गरी ६ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।
महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँट जनसहभागिता लगायतका शीर्षकमा बजेट बढाएको छ ।
यसपटक आन्तरिक आय ५० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ । चालु आर्थिक बर्षमा महानगरपालिकाले १ अर्व २५ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको थियो । तर, हालसम्म महानगरपालिकाले ९६ करोड ५८ लाख मात्रै राजश्व उठाउन सकेको छ । आगामी आर्थिक बर्षका लागि १ अर्व ७५ करोड उठाउने लक्ष्य लिएको छ । आन्तरिक आयमा घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँड समेत राखिएको छ ।
अन्तर सरकारी वित्तीय हस्तान्तरण आगामी वर्ष १ अर्व ८३ करोड ९९ लाख ७५ हजार रुपैयाँ प्राप्त हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभाागिताबाट ५० करोड, बैंक मौज्दातबाट १ अर्व ६५ करोड, तथा सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने अधिकारीले प्रक्षेपण गरेका छन् ।
अन्तर सरकारी अख्तियारी शिर्षकमा महानगरपालिकाले १ अर्व १० करोड रुपैया अनुमानित आय हुने अनुमान गरेको छ । जसलाई अन्तर सरकारी अख्तियारी शिर्षकबाट खर्च तथा लेखाङ्कनको प्रबन्ध मिलाउने बताईएको छ । महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरूका लागि १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ ।
महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ । चालु आर्थिक बर्ष २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको थियो ।
ठूला र रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको स्रोतसँग समपुरक साझेदारी कोष स्थापना गर्न १० करोड विनियोजन भएको छ ।

Subcategories